सप्तरीमा अस्पतालमा भर्ना रहेका बिरामीसहित ६ जनामा कोरोना संक्रमण

राजविराज । सप्तरीमा शनिबार एक महिलासहित ६ जना संक्रमित थपिएका छन् । गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले बोदेबसाईन नगरपालिका र बलानबिहुल गाउँपालिका २/२ तथा सप्तकोशी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक/एक गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित मध्ये सप्तकोशी नगरपालिकाका एक/जना महिला हुन् । अस्पतालकमा प्रमुख डा. रन्जित झाका अनुसार संक्रमण पुष्टि भएकामध्ये तिलाठी कोइलाडी गाउँपालिकाका एकजना उपचारका लागि विगत दुई दिनदेखी आकस्मिक कक्षमा भर्ना रहेको बिरामी हुन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर गराउँदा उनमा कोरोना संक्रमण देखिएको डा. झाले बताए । संक्रमण पुष्टि भएलगत्तै शनिबारै संक्रमित सबैलाई साइकृष्ण मेडिकल कलेजको आइसोलेशन कक्षमा पु-याइएको उनले जानकारी दिए । आकस्मिक कक्षमा भर्ना रहेका संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र आफन्तको पनि स्वाब संकलन गरी परिक्षण कार्य अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ७ सय १७ पुगेको छ भने हालसम्म कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउखेती