उदयपुर । उदयपुरको रौतामाईमा पाहुना गएका मगरसहित दुई जना खुकुरी प्रहारबाट घाइते भएका छन् । रौतामाई गाउँपालिका–७ पाखा टोलमा पाहुना गएका जुद्ध काजी खपाङ्गी मगर र गंगबहादुर परियार घाइते भएका हुन् ।
गतराती करिब साढे १० बजे खम्ब भन्ने नविन परियारले खुकुरी प्रहार गरी बुवा र पाहुना त्रियुगा नगरपालिका–१५ कुभिण्डेका ५५ वर्षीय मगरलाई घाइते बनाएको प्रहरीले जनाएको छ । नविनले खुकुरी प्रहार गर्दा बाबुको टाउको, घाँटीमा चोट लागेको छ भने पाहुना मगरको गद्र्धनमा चोट लागेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई बिराटनगरको गोल्डेन हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बाबु र पाहुनालाई खुकुरी प्रहार गर्ने नविन फरार भएकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)






