उदयपुरमा निषेधाज्ञा ५ दिनका लागि थपियो

उदयपुर । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञालाई थप पाँच दिन कायम राख्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा सुरक्षा समितिको बैठकले त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

पहिलोचरणमा ११ दिन गत साउन २९ गते राती १२ बजेबाट सुरु भएको निषेधाज्ञा भदौ ७ गते राति बजेसम्म जारी राख्ने निर्णय भएको थियो । तोकिएको समय सिमा सकिनै लाग्दा समुदाय स्तरमा फैलिएको कोरोना भाईरस नियन्त्रणमा आईनसकेको निषकर्ष निकाल्दै समितिले पाँच दिन थप गर्न सिफारिस गरेका थियो ।

बैठकले निषेधाज्ञामा यसअघि अबलम्वन गरिएका नियमहरु पुर्णरुपमा पालन हुने गरी निर्णय भएको प्रजिअ पाण्डेले बताए । यसअघि बिहान ९ देखि १२ बजेसम्मका लागि खाद्यान्नका पसल खोल्ने र बाँकी सबै ठप्प राख्ने निर्णय भएको थियो । निषेधाज्ञामा भने सरकारले सुचीकृत गरेको अत्यावश्यक सेवा मेडिकल, पानी, दुधका पसल र सवारी भने निरन्तर रहने उनले बताए ।

जिल्लामा १ सय ११ जनामा कोरोना पुष्टि भइसकेको र यो संख्या अझै बढ्न सक्ने अवस्था देखिएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रजिअ पाण्डेको भनाई छ । छिमेकी जिल्ला सिरहा, सप्तरी र सुनसरी जिल्लामा संक्रमण र संक्रमितको मृत्युको संख्या बढ्दै गएकाले पनि निषेधाज्ञा जारी राख्नुपर्ने अवस्था आएको उनले बताए ।

प्रजिअ पाण्डेले भने, ‘समुदायमा फैलिएको कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने देखिएकाले कडाई गर्नु परेको हो । प्रशासनले दमकल, एम्बुलेन्स, शव बाहन, दूध, खानेपानीका गाडीहरु बाहेक अन्य सवै निजी तथा भाडाका सवारी साधानहरु संचालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी