बैतडीमा सोमबारदेखि निषेधाज्ञा

बैतडी । बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागु हुने भएको छ । सोमबार राती १२ बजेदेखि भदौ १४ गते राती १२ बजेसम्म लागू हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको उनले बताए ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको नेगीले बताए । उनले भने, ‘गौरा पर्व पनि शुरु भएको छ, यो अवस्थामा भीडभाड हुन सक्ने अवस्थालाई मध्यनजर राखेर प्रमुख जिल्ला अधिकारीज्यूबाट आदेश जारी भएको छ । यसको पालना गर्न सबैलाई आग्रह गरेका छौं ।’

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा तथा वस्त बाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ । यस्तै अत्यावश्यक काम बाहेक कसैले बाहिर हिडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ । यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक जिल्लामा अन्य सवारी साधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।

यस्तै सरकारी कार्यालयहरुमा पनि न्यूनतम कर्मचारीको उपस्थितीमा सार्वजनिक सेवा प्रवाह गर्ने, अत्यावश्यक भनि तोकिएका बाहेक अन्य सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ । यस्तै निषेधज्ञा जारी गरिएको अवधिमा सबै प्रकारका मेला, जात्रा, सभा, जुलुस, खेलकुद लगायत भीडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको छ । परम्परागत रुपमा नित्यपूजा बाहेक भीडभाड हुने किसिमले मनाइने चाडपर्वमा रोक लगाइएको आदेशमा उल्लेख छ । यस्तै निषेधाज्ञा जारी गरिएको अवस्थामा होटेल तथा रेष्टुँराहरु सञ्चालन गर्न नदिइने पनि आदेशमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश विपरीत कसैले कार्य गरेमा कानुन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारीले नेगीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरधाममा चुनावी सरगर्मी : मेयरमै दर्जनभन्दा बढी आकांक्षी