पाँचथरमा ४ जनामा कोरोना संक्रमण, सवारी सञ्चालनमा रोक

पाँचथर । जिल्लामा एकैदिन चार जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी र वैदेशिक रोजगारबाट फर्की क्वारेन्टाइनमा बस्दै आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्ठि भएको हो ।

उनीहरुको सदरमुकामस्थित आइशोलेशनमा उपचार सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नारद सुवेदीले बताए । यसअघि विभिन्न समयमा जिल्लामा आठ जनामा कोरोना संक्रमण पुष्ठि भएको थियो । जसमध्ये पाँच जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकी तीन जना भने उपचारकै क्रममा रहेका छन् ।

चार जना थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या सात पुगेको छ । यो संगै स्थानीय प्रशासनले भदौ १२ गते दिनको १२ः०० बजेदेखि भदौ १८ गते राति १२ः०० बजेसम्म अत्यावस्यक बाहेक दुई पाङ्ग्रेसहित सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीबाट जोगिएका कैलालीका श्रमिक घर फर्किए, १४० भन्दा बढी अझै सम्पर्कविहीन