खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले भोटेकोशी बाढीपीडितका लागि राहत रकम पठाएको छ । पार्टीका २५ जना नेता तथा कार्यकर्ताबाट संकलन गरिएको २८ हजार १०० रकम मङ्गलबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राई ‘जीवन’ले जानकारी दिए ।
संकलित रकम प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत सोही दिन उद्धार कोषमा जम्मा गरिएको र भोटेकोशी बाढीपीडितका लागि संस्थागत रूपमा राहत उपलब्ध गराउने जिल्लाकै पहिलो पार्टी राप्रपा खोटाङ बनेको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिइन् । गत भदौ–१० गते भोटेकोशीमा आएको भीषण बाढीपछि खोटाङका दश जना जिल्लावासी सम्पर्कविहीन बनेका थिए ।
यीमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३२ वर्षीय पवन खत्री, सोही नगरपालिका–१५ विजयखर्कका ४३ वर्षीय कविन राई, ऐसेलुखर्क गाउँपालिका–३ लबुवाका ५३ वर्षीय युवराज राई र ३३ वर्षीय यशबहादुर राई, वडानम्वर(४ जलेश्वरीका ४१ वर्षीय बालकुमार तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २२ वर्षीय सुरज परियार, वडानम्वर(११ राजापानीका २५ वर्षीय विपन विश्वकर्मा, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका ३० वर्षीय प्रज्ञान राई र मूलतः रावाबेँसी गाउँपालिका–३ लामीडाँडा घर भई काठमाडौंमा बस्दै आएका पुष्प भट्टराई अझै सम्पर्कविहीन रहेका छन् ।
बाढीपछि सम्पर्कविहीन भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सूर्जबहादुर परियार र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका ६० वर्षीय तारानाथ थापा भने अहिले सम्पर्कमा आइसकेको पारिवारिक स्रोतले जनाएको छ । रसुवा, धादिङ, नुवाकोट, चितवनलगायत बाढी प्रभावित क्षेत्रमा विभिन्न पेसा–व्यवसायका सिलसिलामा रहेका आफन्त सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरूले खोजी तथा उद्धारकार्यलाई तीव्र पारि दिन सरकारसँग आग्रह गरिरहेका छन् ।
प्रशासनका प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले जारी गरेको सूचनामार्फत बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिको सम्पर्क तथा अवस्था’bout जिल्ला प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी दिन जिल्लावासीलाई आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक, विद्यार्थी पुरस्कृत, चारजना सम्मानित
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोप्ने अभियान सुरु
मोटरसाइकलको ठक्करबाट साइकल चालकको ज्यान गयो
३२ वर्षपछि दोबेला प्रहरी चौकी आफ्नै भवनमा
ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन, ३७० घरपरिवार लाभान्वित
भोटेकोशीको बाढीमा परी उदयपुरका १२ जना सम्पर्क विहीन
भोटेकोशी बाढीः उदयपुरका २१ जनामध्ये ५ जना सम्पर्कमा
मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी






