सटडाउनमा पुगेको लकडाउन

सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानमा देखिएको कोरोनाले चीनमा सुरु भएर चीनमा नै तवाही मच्चायो । सुरुमा चीन पनि यो भाइरस’bout अलमलमा प-यो । विश्वका अरू मुलुक पर्ख र हेरको अवस्थामा देखिए । करिब ४हजार ५ सय जनाको ज्यान लिएको कोरानामा चीनले जसोतसो नियन्त्रण गर्न सफल भयो । त्यतिबेला चीन सरकारले दिएका लकडाउनका निर्देशनहरू चिनियाँ जनताले पूर्णतया पालना गरे, जसको कारणले त्यहाँ त्यति ठूलो क्षति हुन पाएन । त्यसपछि कोरोनाले अमेरिका र युरोपको यात्रा सुरु ग¥यो । अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोनालाई हँसिमजाक र चीनसँग एउटा वाकवारको रूपमा लिए ।

त्यहाँका ५० वटा राज्यहरूमा केहीले आफ्नो प्रयासमा लकडाउन गरे तर व्यापारी राष्ट्रपतिले लकडाउनलाई ठाडै अस्वीकार गरे । अझ कतिपय राज्यहरूमा त उनले आफ्ना समर्थकलाई लकडाउनको विरुद्धमा सडकमा समेत उतारे । बाहिरबाट हेर्दा अमेरिकालाई ड्रिमल्यान्ड मुलुकको रूपमा लिए पनि यो मामलामा अमेरिकीहरू अत्यन्तै परम्परावादी देखिए । कोरोनालाई ईश्वरले नै परास्त गर्दछन् र हाम्रो सुरक्षा उनैले गर्दछन् भन्दै अन्धविश्वासी भावना देखाएर मास्क नलगाउने, लकडाउनको अवहेलना गर्नेजस्ता कार्य गर्न थाले । विकसित मुलुक भए पनि कोरोनाको सवालमा अमेरिकन पनि अलमलिए ।

कोरोनाले युरोपका मुलुकलाई पनि तहसनहस पा-यो । कोरोनाबाट बढी क्षति पुगेका युरोपका मुलुकहरू बेलायत, इटाली र स्पेनमा अत्यन्तै लापर्बाही देखियो । इटालियनहरू कर्मभन्दा धर्म र ईश्वरलाई कोरोनाको जिम्मा लगाए । स्वयं बेलायतका प्रधानमन्त्री र उच्च पदस्थ पदाधिकारी पनि कोरोनाको चपेटामा परे । कोरोना फैलिएको बेलामै स्पेनले ४० हजार दर्शक भएको फुटबल गेमको आयोजना ग¥यो । त्यो घटनाको आँकलन गरेका स्पेनका एक जना बुद्धिजीवीले ‘आज स्पेनमा ठूलो बम विस्फोट भयो’ भनेका थिए । जतिबेला कोरोना महामारी युरोपमा थियो, त्यतिबेला दक्षिण अमेरिकी राज्यहरू मेक्सिको, कोलम्बिया र ब्राजिलमा कोरोनाको प्रकोप केही कम थियो । ती मुलुकहरूले कोरोनाले हामीलाई पनि छाड्दैन भन्ने कुरा सोचेनन् । आवतजावत अनि हिँडडुलमा लापर्बाही गरी नै रहे । उत्तर कोरियामा भने कोरोना धेरै पछि छि¥यो । उता दक्षिण कोरियामा भने त्यहाँका जनताले सरकारले दिएको निर्देशनलाई पूर्णतया पालना गरेकाले धेरै क्षति हुन पाएन ।

कोरोनाले दक्षिण एसियातिर अलि ढिलो यात्रा ग-यो । ढिलो यात्रा गरे पनि भारत आएपछि यसले एक्सिलेटर बटा¥यो । कारोनाको प्रकोप बढेपछि भारतले लकडाउन ग-यो तर लकडाउनको बेलामा अत्यन्तै बेथिति देखियो । १ अर्ब ३५ करोड जनसंख्या भएको मुलुक भारतमा १० करोड मानिस त सडकमा नै खाने र त्यहीँ बस्ने गर्छन् । अनि त्यत्तिकै संख्यामा नागरिकहरू बिहान काम गरेर बिहानै खाने र बेलुका काम गरेर बेलुका खाने रहेका छन् । त्यस्ता कामदारलाई घरबेटीले ढोका लगाएर घरबाट गलहत्याएर निकालिदिए । राज्यको तर्फबाट लकडाउनका लागि जति नै अनुनय विनय गरे पनि दिनभरि त सडक खाली हुन्छ तर राति बाटामा तीलको गेडो राख्ने ठाँउसमेत नहुनेगरी मानिसको जाम लाग्यो ।

अहिले लकडाउनबाट सटडाउनमा पुगेको अवस्थामा यो देशमा फेरि के हुने हो निधो छैन

दिल्लीदेखि बिहारसम्म मानिस हिँडेर, साइकलमा र अन्य यातायातका साधन प्रयोग गरेर आउन थाले । नेपाली पनि उनीहरूले काम गर्ने उद्योग र घरबाट लखेटिएर बोर्डरमा आएर अलापविलाप, अनुनय र विनय गर्न थाले । बुद्धिजीवीहरूका सामाजिक सञ्जालका वालहरू ती व्यक्तिका फोटाले भरिए । त्यहाँदेखि लकडाउन नेपालमा पनि लकपकायो । कतिपय व्यक्तिहरू लुकीछिपी र नदीमा हामफालेर नेपालभित्र पसे । बोर्डर पुलिसको नियन्त्रणबाहिर गयो । लकडाउनको पालना नै भएन । नागरिकहरूले आफ्नो सुरक्षाभन्दा पनि पुलिसको आँखा छल्नका लागि मात्र मास्क लगाउने गर्न थाले । समूहमा हिँड्ने र नाराजुलुसजस्ता कार्यले निरन्तरता नै पाए । र्र्आिर्थक र अन्य सामाजिक अवस्था चौपट भएकाले कोरोनाको स्पिड बढेकै बेलामा भारतले लकडाउन खुकुलो बनायो ।

यतिखेर छिमेकी देश भारतमा कोरोनाले तवाह मच्चाइरहेको छ । यो लेख तयार गर्दासम्म भारतको उत्तरप्रदेशका शिक्षामन्त्रीको देहान्त भइसक्यो । केन्द्रीय गृहमन्त्री आईसीयूमा छटपटाइरहेका छन् । पूर्वराष्ट्रपति प्रणव मुखर्जी अहिले कोमामा छन् । नामुद स्टार अमिताभ बच्चन सपरिवार भगवान् भरोसामा रहेका छन् । फेरि यही कोरोनाको मौका छोपेर भारतले नेपालको लिपुलेक र कालापानी निल्यो । चीनसँग पनि धिकिरधिकिर युद्ध ग¥यो । भारतसँगै नेपालले पनि ११ चैत्र २०७६ बाट देशभर लकडाउन सुरु ग¥यो । जतिबेला नेपालले लकडाउन सुरु गरेको थियो, त्यतिबेला नेपालमा जम्मा दुई जना विदेशबाट आएका नागरिकमा मात्र कोरोनाले छोएको थियो । चीनको वुहानमा ट्रयापमा परेका नेपाली विद्यार्थीको उद्दार गर्दा नेपाल सरकारले हाईहाई पायो । त्यतिबेला चीनबाट एक जना पनि कोरोना संक्रमित आयातित भएनन् । भारतमा लकडाउन छताछुल्ल भएर लकपकाएपछि रातारात आएर नेपालको सिमानामा नागरिकहरू थुप्रिएर हाहाकारै मच्चाउन थाले । सीमा बन्द गर्दा पनि नदीमा हाम फालेर र पुलिसको आँखा छलेर तथा पुलिसलाई घुस दिएर नेपाली सीमा काटेर आउन थाले । उताबाट आएकालाई क्वारेन्टाइनमा राख्ने त भनियो तर कतिपयले क्वारेन्टाइनको परखालसमेत फड्केर भागे । सरकारले केही समय त अड्डी लिएर नाका बन्द गरेर बस्यो तर ती सिमानामा रोकिएर बसेका मानिसका फोटाहरूले सामाजिक सञ्जालका वालहरू पोतिए ।

यता लकडाउनको बेलामा स्वास्थ्य सामग्री खरिदमा ‘ओम्नी प्रकरण’ सीसीएमसीको कार्यक्षमताका कुराहरू पनि छरपस्ट भएर बाहिर आए । कहिल्यै मन्त्रीका रूपमा काम नगरेका आलाकाँचा स्वास्थ्यमन्त्रीको कार्यक्षमताका कुराहरू पनि बाहिर आए । बाहिर बसेर आदर्श छाँट्न र मुकाबिलामा जान अलि फरक हँुदोरहेछ भन्ने कुरा ती मन्त्री महोदयले पनि बुझे । यही बेलामा वर्षौसम्म विश्वविद्यालयका पदाधिकारीहरू र संवैधानिक आयोगहरू खाली हँुदा बहुमतको सरकारको औचित्य के ? भन्ने सुनिन थाल्यो र कहिलेकाहीँ त कोरोनाकै कारणले मन्त्रीहरू आफैं हायलकायल देखिन थाले । सरकारले लकडाउन लम्ब्याउँदै जाँदा यो सत्ता लम्ब्याउने खेल हो भन्न पनि थालियो र लकडाउनलाई सत्तासँग तुलना पनि गर्न थाले । यही बेलामा नेकपामा तँछाडमछाडको बबन्डर मच्चियो । कुर्चीका लागि एकले अर्कालाई सिध्याइहाल्ने खेल सुरु गर्न थाले । कुनै बेला त वारपारको अवस्था पनि देखिन थाल्यो । देशमा कोरोना संक्रमितको संख्याले ज्यामितीय रेसियोको बृद्धि लिन थाल्यो । ठीक यही बेलामा नेपालको लकडाउन लकपकायो र खुट्टा छोड्यो ।

अहिले कोरोना शीतलनिवास, सिंहदरबार, प्रचण्डनिवालगायतका हाई प्रोफाइल व्यक्तिहरूकामा पसिसक्यो, कसैका घरमा भने ढोका ढकढक्याउँदै छ । जब सरकारले लकडाउन हटाउने निर्णय ग¥यो, ठीक त्यतिबेलै कोरोनाले समुदायमा नै सेल्टर बनाउन थाल्योे । लकडाउनको समयमा भारत पसेका मजदुरहरू पनि बिना पीसीआर टेस्ट रातारात काठमाडांै छिरे । कतिपय युवाहरूले आरडीटीको विश्वसनीयता र पीसीआरको मात्रा बढाउने कुरालाई लिएर आन्दोलन गरे । यसरी आन्दोलन र खुला ठाउँको भिडले कोरोना झन् बीचबीचमा छिर्न पायो । पहिला लकडाउन सुरु गर्दा दुई÷चार जनामा सीमित कोरोनाको मनोवैज्ञानिक त्रास त थियो नै समुदायमा उसले ठाउँ पाएको थिएन । अहिले कोरोनाले जताततै घेरिसक्यो तर मानिसहरू बिनामास्क र सामाजिक दूरी कायम नगरी आवतजावत गरिरहेका छन् । मानौं उनीहरू जे गर्न पनि स्वतन्त्र छन् र मास्क लगाउन पनि प्रहरीको आँखा छल्नका लागि मात्र प्रयोग गर्दछन् । जसको परिवार र आफन्तमा परेको छ, ऊ मात्र होसियार हुने र अरूले चाहिँ कोरोनालाई हँसिमजाकमा उडाउने गरेको पाइन्छ ।

११ चैत्र २०६६ बाट सुरु भएको लकडाउन ६ श्रावणमा औचित्यहीन समाप्त भयो । जब लकडाउन खुला गरियो, तब कोरोना परालको आगोझैं दन्कियो । अब फेरि के गर्ने भनेर सरकारले विज्ञहरूको राय लिन सुरु ग¥यो । विज्ञहरूको पनि दुईवटा मत आए, जसले लकडाउनलाई आफ्नो बेफाइदा देखे गर्न हुन्न भने । जसले आफूलाई फाइदा देखे गर्नुपर्छ भने । यसैबीच कतिपय तराईका जिल्लाहरूले आफू खुसी लकडाउन र कफ्र्यु लगाएर कोरोनाको नियन्त्रणको प्रयास गरेका छन् । यही बेलामा कोरोनाको कारणले हुने मृत्युदरले पनि गति लियो ।

कोरोना २१औं शताब्दीको एउटा मानव चुनौतीको रूपमा देखिन थाल्यो । यसकै कारणले हिजो सोभियत र अमेरिकन धुरीमा पोलोराइजेसन भएको विश्व चीन र अमेरिकन धुरीमा बाँडिएर वाकवारमा परिणत भएको छ । यसैबीच चीन र भारतले भने सिङ जुधाइसके । अमेरिका र चीनको पनि आज हो कि भोलिजस्तो भएकोे छ । महावाणिज्य दूतावास बन्द गर्ने, चीनमा उत्पादन भएको टिकटक भिडियो बन्द गर्नेजस्ता प्रतिशोधयुक्त कार्य गरिरहेका छन् । यसैबीच नेपालका प्रधानमन्त्रीको ‘बेसार’ काण्डले पनि खुब चर्चा पायो । विश्वका धेरै मुलुकहरूले ‘मरता तो डरता क्या’को अवस्थामा पुगेर लकडाउनलाई खुकुलो बनाउँदै र हटाउँदै जान थाले । नेपालमा अब गरिने लकडाउनलाई देशले धान्न नसक्ने अवस्थामा देखियो । यसैबीच विश्वविद्यालय र विद्यालयहरू खोल्नका लागि सरकारलाई दबाब आउन थाल्यो । सांसद, मन्त्री, पुलिस, सरकारी कर्मचारी र ट्राभल हिस्ट्री नभएका समेत कोरोनाको चपेटामा परे । हरेक दिनजसो खोप र औषधिको ’boutमा अनावश्यक ‘¥युमर’ आउँछन् अनि सेलाएर जान्छन् । विदेशमा अलपत्र परेका नागरिक स्वदेश फिर्ताका लागि दिन गन्ती गरेर बसेका छन् । भदौदेखि अन्तर्राष्ट्रिय एयरलाइन्स खुल्ने सूचना दिइएको छ । जसरी भारतमा लकडाउन खुल्दा नेपालमा संक्रमितको बाढी आयो, त्यसैगरी विदेशी एयरलाइन्स खुलेपछि पनि कोरोनाको बाढी आउने त निश्चितजस्तै नै छ ।

अहिले लकडाउन खुलेपछिको बेथितिको आवतजावतले कतिपय प्रहरी कार्यालय नै संक्रमितको कारणले सिल गरिएका छन् । अख्तियार चल्नै नसक्ने अवस्थामा पुग्यो । स्वास्थ्यकर्मीको हालत पनि त्यही नै छ । फेरि लकडाउनका लागि प्रधानमन्त्रीले राय माग्दा एकमत देखिएन । राजस्व उठेको छैन र कर तिर्नेले पनि किन तिर्ने ? भन्न थालेका छन् । यातायात मजदुर व्यवसायी, होटल, एयरलाइन्स, मानसिक तनावमा परेका छन् । शिक्षक, कर्मचारीलाई तलव खुवाउन पनि ऋण काढ्नुपर्ने अवस्था आउन थालेको छ । मानिसहरू जमघट हुने चाडपर्व आउन थालिसके । अझै पनि नागरिक प्रहरीको आँँखा छल्नका लागि मात्र मास्क लगाएर हिँडेको देखिन्छ । अहिले काठमाडांै, लतिपुर र भक्तपुर तीनवटै जिल्लालाई सटडाउन गर्ने निर्णय गरिएको छ । अव नागरिकले आपूmले आफैंलाई मूल्यांकन गरेर सचेतना अपनाएर आफ्नो सुरक्षाको जिम्मा आफैंले लिनुपर्ने अवस्था छ । अब आउने चाडपर्वहरूमा संयमता नअपनाई हुँदैन र धेरै भिडभाड नगरी सामाजिक दूरी कायम गरेर मुखमा मास्क अनिवार्य लगाउनुपर्दछ । अहिले लकडाउनबाट सटडाउनमा पुगेको अवस्थामा यो देशमा फेरि के हुने हो निधो छैन ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा