आईजीपी ज्ञवाली र जनअपेक्षा

आईजीपी सर्वेन्द्र खनालको अवकाशपछिको रिक्त स्थानमा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका छन् । साबिकजस्तो आईजीपीको अहिलेको नियुक्ति विवादास्पद बनेन, सम्भाव्य उम्मेदवारबीच पनि खुलेआम अस्वस्थ प्रतिस्पर्धा भएन, त्यो राम्रो पक्ष हो । मुलुकको शान्तिसुरक्षाको गहन दायित्व लिने नेपाल प्रहरीको कार्य प्रभावकारितामा सर्वोच्च कमान्डरको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले आईजीपीको नियुक्ति सधैं जनचासोको विषय बन्ने गर्दछ । चुनौतीपूर्ण रहने शान्तिसुरक्षाको कार्य कसको पालामा कस्तो रह्यो भन्ने कुरा पनि सर्वसाधारण नागरिकले मूल्यांकन गरिरहेका हुन्छन् । अनुभूतिजन्य सुरक्षा नागरिकको अपेक्षा भएकाले आईजीपी परिवर्तन हुँदा जनताका आशा पलाउँछन् । साबिकभन्दा अझ प्रभावकारी सुरक्षा व्यवस्था कायम राख्न नवनियुक्त आईजीपी सफल बनून् भन्ने अपेक्षा पनि जनताले गरेका हुन्छन् । यसैक्रममा जनचाहनाअनुसारकै प्रभावकारी सुरक्षा व्यवस्था स्थापित गराउन आईजीपी ज्ञवालीले अगाडि आइलाग्ने जस्तोसुकै चुनौतीलाई पनि चिर्न सक्नुपर्दछ । आईजीपी ज्ञवालीलाई जनअपेक्षाअनुसारको कार्य गर्न सफलता मिलोस् ।

मुलुकको शान्ति सुरक्षाको अवस्था सामान्य रहेकै समयमा ज्ञवाली आईजीपी बनेका छन् । शान्ति सुव्यवस्था प्रभावित पार्ने असामान्य सामाजिक गतिविधिलाई क्रमशः सामना गर्दै जानु आईजीपी ज्ञवालीको प्रारम्भिक चरणको कार्य हो । अप्रत्यासित रूपमा देखापर्ने सुरक्षा चुनौती’bout पूर्वानुमानसम्म गर्न नसकिने कुरा सर्वविदितै छ । सामान्य घटनाले उतिखेरै चुनौती निम्त्याउने, कुनै प्रकारको घटना नभएसम्म सुरक्षा व्यवस्था शतप्रतिशत ठीक ठानिने तर सामान्य घटना हुनासाथ सुरक्षा व्यवस्था शतप्रतिशतै बेठीक मानिने भएकाले नै शान्तिसुरक्षाको कार्य सधैं चुनौतीपूर्ण रहन्छ भनिएको हो । आपराधिक घटना हुनै नदिन र सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी जुनसुकै बेला पनि सजग र चनाखो रहनुपर्ने हुन्छ । सुरक्षा चुनौतीको प्रकृति र स्वरूप पनि पछिल्लो समयमा परिवर्तन हुँदै आएको छ ।

मुलुकमा अहिले आपराधिक गिरोहभन्दा पूर्वाग्रह एवं प्रतिशोधप्रेरित राजनीतिक समूहबाट सुरक्षा चुनौती बढी हुने गरेको छ । आपराधिक गिरोह सुरक्षाकर्मीको पकडमा पर्न सक्छ तर पूर्वाग्रह प्रेरित राजनीतिक चुनौती सधैं प्रहरीको नियन्त्रणबाहिर बन्दै आएको हुन्छ । यसको नियन्त्रण राजनीतिक नेतृत्वकै साथ सहयोगबेगर प्रहरीको एकल प्रयासले मात्र हुन सक्दैन । क्षणभरमै चुनौती निम्तने, उतिखेरै शान्ति सुरक्षाको अवस्था अस्तव्यस्त बन्ने, तोडफोड र आगजनी हुने भएकाले भौतिक क्षति बढी हुने, प्रहरीले चाहेर पनि तत्कालै नियन्त्रण गर्न नसक्ने भएकाले राजनीतिक पृष्ठभूमिबाट उत्पन्न चुनौती पछिल्लो समयमा प्रहरीका निम्ति समस्याको पहाड बन्दै आएको छ । आईजीपी ज्ञवालीले पनि यस्ता चुनौतीलाई सामना गर्नुपर्ने अवस्था आइलाग्न सक्छ । सकेसम्म यस्ता चुनौती निम्तन नदिन अग्रिम सावधानी अपनाउने क्रममा केन्द्रदेखि स्थानीय तहसम्मको राजनैतिक नेतृत्वसँग समन्वय गरी सर्वसाधारणलाई अवरोध नपु¥याउन र सार्वजनिक क्षेत्रमा विरोधका गतिविधि सञ्चालन नगर्ने निश्चित स्थिर मापदण्ड निर्धारण गरिए शान्ति सुरक्षाको अवस्था स्वतः सुदृढ बन्छ ।

संगठित रूपमा सुदृढ भएको भ्रष्टाचारजन्य अपराध अहिले मुलुकै सबैभन्दा ठूलो चुनौती मानिन्छ । भ्रष्टाचारलाई राजनीतिक संरक्षण हुँदै आएकाले यो दिनानुदिन झन् विकराल हुँदै आएको सर्वविदितै छ । भ्रष्टाचारीलाई दण्ड सजाय दिलाउने परिपाटीलाई सक्रिय गराउने हो भने यस्ता अपराधीहरू हतोत्साहित हुँदै जानेछन् । तर, भ्रष्टलाई कारबाही होइन संरक्षण गर्ने राजनीतिक प्रवृत्तिले उल्टै भ्रष्ट प्रोत्साहित हुँदै आएका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व प्रहरीको पनि हो । तर, प्रहरीले चाहेर पनि राजनीतिक आडमा हुने भ्रष्टाचार अहिले नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको छ । नवनियुक्त आईजीपीका लागि यो अर्को चुनौती हो । भ्रष्टाचार अहिले व्यक्तिबाट हुँदै संस्थागत रूपमा विस्तारित भइसकेको छ ।

दुई व्यक्तिबीच हुने लाभको आदानप्रदानबाट प्रारम्भ भएको भ्रष्टाचारको स्वरूप समूहगत हुँदै राष्ट्रव्यापी रूपमा विस्तारित भइसकेको छ । नगद रकमको लेनदेन मात्र होइन, अन्य धनमाल र स्थिर सम्पत्तिसमेत सौगातकै रूपमा आदान–प्रदान गर्ने प्रवृत्ति भ्रष्टाचारले विकसित गरेको छ । प्रारम्भमा कर्मचारी समूहभित्र मात्र देखिएको भ्रष्टाचारको स्वरूपले अहिले कर्मचारीवर्गभन्दा मुलुको राजनीतिक क्षेत्रलाई नै बढी अँगाल्न पुगेको देखिन्छ । उच्च परिमाणको भ्रष्टाचार राजनीतिक संरक्षण प्राप्त तस्कर, दलाल, बिचौलिया र माफियाबाटै हुँदै आएको छ ।

हुन त यसअघिका आईजीपीकै लागि पनि भ्रष्टाचार चुनौतीको पहाड बन्दै आएकै हो । आईजीपी ज्ञवालीको कार्यकालमा पनि यसले निरन्तर पाउन सक्ने सम्भावना छ । मुलुकमा व्याप्त संस्थागत भ्रष्टाचार रोक्न आईजीपी ज्ञवाली ढाल बन्न सक्लान् ? यो उनको प्रभाव, क्षमता र सामथ्र्यसँग सम्बन्धित विषय भएकाले यसका निम्ति हामीले भविष्यकै प्रतीक्षा गर्नुपर्ने हुन्छ । मुलुकको राजनीति सेवाबाट आर्जनको पेसा बनेको कारण राजनीतिक पद हत्याउनकै लागि आफ्नो भएको श्रीसम्पत्ति बाँड्न पछि नपर्ने, पछि पदमा पुगेर बाँडिएको भन्दा सयौं गुणा हत्याई सुखी सम्पन्न बन्ने सपना लिएर राजनीतिमा प्रवेश गर्ने व्यक्तिको संस्था बढ्दो छ । यसै मानसिक्ताका व्यक्तिमार्फत फैलिएको भ्रष्टाचारले देशको राजनैतिक क्षेत्रलाई नै दुर्गन्धित बनायो । भ्रष्टाचारमा रंगेहात पक्राउ पर्ने वा भ्रष्टाचार गरेको प्रमाणित हुने व्यक्तिउपर निसंकोच कानुनी प्रक्रियाअनुसारै दण्ड सजाय दिलाउन आईजीपी ज्ञवाली सफल बने भने मात्रै भ्रष्टाचार क्रमिक रूपमा नियन्त्रण हुँदै जान्छ । तर, आईजीपी ज्ञवालीले चाहेर मात्रै भ्रष्टाचारीलाई कारबाही हुन सक्ने अवस्था छैन । यसका निम्ति ज्ञवालीले राजनीतिक नेतृत्वविरुद्ध नै चुनौतीपूर्ण कार्य गर्नुपर्ने हुन्छ । यस्तो सामथ्र्य आईजीपी ज्ञवालीमा आओस् । भ्रष्टाचारमा शून्यसहनशीलता कायम राख्न नेताको झैं बोलीमा मात्र होइन, व्यवहारमा पनि उनी सफल बनून् ।

अहिले शान्ति सुरक्षाको अवस्था सामान्य छ । सामान्य अवस्थामा निवर्तमान आईजीपी सर्वेन्द्र खनालले पदभार आईजीपी ज्ञवालीलाई सुम्पिएका छन् । सामान्य अवस्था उतिखेरै चुनौतीपूर्ण बन्ने कारण पनि लोकतान्त्रिक स्वतन्त्रतामा आधारित हुँदै आएका छन् । अहिले श्रीमान्÷श्रीमतीबीचको घर झगडाले सडक अवरुद्ध हुन पुग्छ । दुर्घटना हुनासाथ तोडफोड, आगजनी र तनाव निम्तन्छ । सेवा प्रदायक निकायको सेवाप्रवाह कार्यमा ढिलाइ भए नारा जुलुस लाग्छ । आपराधिक घटना हुँदा सुरक्षा निकायलाई साथ सहयोग पु¥याउनुका सट्टा असक्षमता साबित गराउने प्रयत्नले तनाव सिर्जना गरिन्छ । गैरसरकारी कार्य हुन गर्न नदिने नागरिक अगुवाले आवाज उठाए उसैले सजायको भागिदार बन्नुपर्दछ ।

अवैध कार्य व्यक्तिको स्वतन्त्रताको अधिकार हो भन्ने उद्देश्यले सञ्चालित गतिविधिले तनाव ल्याएको छ । अवैध कार्य गर्नेलाई दण्ड सजायको भागिदार बनाइनुहुँदैन भन्ने जनदबाब आउँछ । तर, राजनीतिक व्यक्ति संलग्न जघन्य आपराधिक कार्य’bout भने समाज नै मौन रहन्छ । यस्तै, अप्रत्यासित घटनाले समाजको शान्ति सुरक्षाको अवस्था उतिखेरै तनावपूर्ण बन्छ । सर्वसाधारण नाागरिकबाट होइन, यस्तो तनाव राजनीतिक नेता तथा उनीहरूको इसारामा भातृ संगठन र कार्यकर्ताबाटै उत्पन्न हुँदै आएको छ । यो प्रवृत्तिलाई नियन्त्रण गर्न सडकमा निस्कने समूहसँग होइन, राजनीतिक नेताहरूसँग नै आईजीपी ज्ञवालीले जुध्न सक्नुपर्दछ ।

आईजीपी ज्ञवालीप्रतिको अर्को जनसरोकारको विषय हो स्वच्छ एवं पारदर्शी अनुसन्धान र कानुनको अक्षरशः पालना । कञ्चनपुरकी निर्मला पन्त प्रकरणकै जस्तो त्रुटिपूर्ण प्रहरी अनुसन्धान अब पुनरावृत्त हुनुहुँदैन । यसका लागि आईजीपी ज्ञवालीभन्दा कार्य क्षेत्रमा खटिएका सम्पूर्ण अनुसन्धान अधिकृतसहितको प्रहरी टोली बढी सचेत बन्नुपर्दछ । मातहतका सम्पूर्ण प्रहरीको स्वच्छ, पारदर्शी, निस्वार्थ, पक्षपातरहित कार्य एवं प्रहरीमा रहेको व्यावसायिक दक्षताको उचित प्रयोग गराइबाटै जनता रिझाउने प्रेरणादायी दायित्व आईजीपी ज्ञवालीकै हो । अनुसन्धाताको अनुसन्धान स्वार्थमा आधारित भए तथा राजनीतिक प्रभावले अझै यसमा मलजल पु¥यायो भने त्यो निर्मला प्रकरणकै जस्तो बन्नेछ भन्ने कुरामा ज्ञवाली सचेत बन्नुपर्दछ । दक्ष अनुसन्धानकर्ता नै अहिले कार्य क्षेत्रमा खटिएका छन् । अनुसन्धान अधिकृतले अनुसन्धान गर्ने स्वतन्त्र वातावरण पाएमा जस्तोसुकै घटनाको अनुसन्धान पनि सफल हुन्छ । अनुसन्धानको पक्षमा देखिने अहिलेको मुख्य चुनौती भनेकै स्थानीयदेखि केन्द्रीय तहसम्मका राजनीतिक व्यक्तिबाट आउने इसारा, अवरोध र हस्तक्षेप नै हो । आफ्नोलाई जोगाउने अर्कोलाई फसाउने उद्देश्यमा आधारित दबाब र हस्तक्षेपलाई सहज ढंगले अस्वीकार गर्ने अहिलेको स्थानीय वातावरण छैन ।

अनुसन्धातालाई घटनाको यथार्थताको जडसम्म पुग्ने वातावरण निर्माण गर्ने दायित्व स्थानीय एवं प्रदेश सरकारकै हो । यसका निम्ति उच्चस्तरीय राजनीतिक समन्वय र समझदारी कायम गरी प्रहरी अनुसन्धान प्रभावकारी बनाउने दायित्व आईजीपी ज्ञवालीकै हो । यस कुरालाई ज्ञवालीले कतिको महŒवपूर्ण र प्रभावशाली ठान्छन् त्यो उनको आफ्नै दृष्टिकोणमा भर पर्ने कुरा हो । तथापि आमनागरिकको नजरमा उच्चस्तरीय राजनीतिक व्यक्ति र राज्य संंयन्त्रका उच्चस्तरीय पदाधिकारीकै सकारात्मक प्रयास हुने हो भने प्रहरी अनुसन्धान आफ्नो सीमा रेखाबाट बाहिरिन पाउँदैन । केन्द्रमा रहने गृहमन्त्री र आईजीपीले अनुसन्धान यथार्थतामा आधारित हुन्छ भनेर प्रचारबाजी गर्दैमा अनुसन्धान स्वच्छ बन्दैन । अनुसन्धानको बाधक ठानिने दूषित राजनीतिक वातावरण निर्मूल नागरिएसम्म अनुसन्धान कार्य व्यवहारमा स्वच्छ हुन पाउँदैन । प्रहरीलाई लोकप्रिय बनाउन आईजीपी ज्ञवालीले ध्यान दिनुपर्ने यो अर्को महŒवपूर्ण कुरा हो । अझै पनि प्रभावशाली दलकै अघोषित भातृ संगठनको स्वरूपबाट नेपाल प्रहरी मुक्त हुन सकेको छैन । यसैको कारण प्रहरी संगठनको एक्तामा खलल पुग्दै आएको छ ।

नेता संरक्षित शक्तिको कारण आईजीपीभन्दा एआईजीपी प्रभावशाली बन्ने र एआईजीपीभन्दा डीआईजी र मातहतकै अधिकारी बढी प्रभावशाली देखिने प्रवृत्ति अझै कायमै छ । संगठनात्मक कार्यमा देखिएको विविधता यसैको परिणाम हो । संगठनलाई दुर्बल गराउने व्यक्तिवादी प्रवृत्तिलाई अन्त्य गरी संगठनात्मक एकता कायम राख्न आईजीपी ज्ञवाली चुक्नुहुँदैन । नेपाल प्रहरी संगठनात्मक एवं भावनात्मक रूपमै एक ढिक्का नभएसम्म लोकप्रिय बन्न सक्दैन । यसक्रममा व्यावसायिक कार्यको सिलसिलामा आफ्नै नेतृत्व प्रभावशाली छ, नेताको मुख ताक्नुहुँदैन भन्ने मानसिकता आईजीपीले मातहतका अधिकृत तथा जवानसम्म अनुभूति गराउन सक्नुपर्दछ । जसको कारण नेताको पछि लाग्ने प्रवृत्तिको अन्त्य होस् ।

वास्तवमा नेपाल प्रहरी राजनीतिक प्रभावबाट मुक्त हुने हो भने आईजीपीका लागि चुनौती केही छैनन् । प्रहरी संगठनभित्र र बाहिर प्रहरी कार्य क्षेत्रमा हामीले अहिले देख्दै आएका सबै चुनौती राजनीति सिर्जित हुन् । यी चुनौतीलाई निस्क्रिय बनाउन द्वैध चरित्रवान् राज्य सञ्चालकसँग भने आईजीपी ज्ञवालीले मुकाबिला गर्नैपर्छ । प्रहरीको आन्तरिक एवं बाह्य कामको सन्दर्भमा आईजीपी ज्ञवालीले आफ्नै स्वविवेक र क्षमता प्रयोग गर्न पाउने वातावरण कायम राखिए प्रहरीसामु देखिएका सबै चुनौती समाधान हुन्छन् । तर, यो अवस्थामा आईजीपी ज्ञवालीको कार्य स्वच्छ, पारदर्शी, विभेदरहित, समानुपातिक, निश्चित मापदण्डमा आधारित एवं स्वेच्छाचारितारहित हुनैपर्दछ । यस पृष्ठभूमिबाट ज्ञवालीले गर्ने कार्य संगठनभित्र र बाहिर प्रशंसनीय बन्छ । हुन त यसरी स्वच्छ मानसिकताले कार्य गर्दा पनि उनी आलोचनारहित हुन सक्दैनन् । तर, कार्य गर्ने व्यक्तिले आलोचना र टीकाटिप्पणीलाई पनि पचाउन सक्नुपर्दछ । नेतृत्वमा हुनुपर्ने यो विशेषता नै हो ।

यसको दृष्टान्तका लागि सबै प्रहरी अधिकृतको चाहना त्रिभुवन विमानस्थल, काठमाडौं प्रहरी परिसर, भैरहवा जिल्ला प्रहरी कार्यालय, पर्सा जिल्ला प्रहरी कार्यालय, अख्तियार तथा मोरङ र झापामै केन्द्रित हुन सक्छ तर सयौं प्रहरी अधिकृत सबैलाई यस्तै रोजेको सीमित स्थानमा पठाउन आईजीपीले चाहेर पनि सक्दैनन् । न त सबैको चाहनाअनुसार नियमित समयमा सबैलाई बढुवा नै गर्न सक्छन् । रोजेको स्थान जान नपाउने व्यक्तिले ज्ञवालीलाई अनर्गल लान्छना लगाउनु स्वाभाविक हो । तथापि, उनले स्वच्छ र पारदर्शी तबरले संगठनभित्रका कार्यहरू गर्ने हो भने आलोचना गर्नेले नै वास्तविक यथार्थता महसुस गर्छन् । निकट भविष्यमा गर्नुपर्ने प्रहरीको समायोजन, उपल्लो तहदेखि तल्लो तहसम्मकै बढुवा तथा सरुवा र नयाँ भर्ना लगायत प्रहरीकै आन्तरिक व्यवसायिक कार्यलाई पनि चुनौतीपूर्ण बनाउने माध्यम मुलुको दूषित राजनीति नै हो । यसर्थ दूषित राजनीतिलाई आफ्नो स्वच्छ छविले निस्तेज बनाउने कार्य आईजीपी ज्ञवालीले गरेमा उनी छोटो समयका लोकप्रिय आईजीपी बन्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै