उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले नातिनी बलात्कार गर्ने हजुरबुवालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका– १३ का एक ५४ बर्षीय हजुरबालाई आफ्नै ८ बर्षकी नातिनीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भदौ ९ गते राति करीब ११ बजेको समयमा बालिकालाई यौन सम्बन्धी अंग देखाइ यौन दुब्यवहार गरेको बताइएको छ । यस्तै उनले साउन १२ गते आफ्नो घरको कोठामा घरको अन्य सदस्य नभएको मौका पारी जबरजस्ती करणी गरेको बताइएको छ ।
पटक पटक घटना घटाएका कारण हाल घटना बाहिर आएको प्रहरीले जनाएको छ । हाल उनलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)






