ललितपुरमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

सांकेतिक तस्वीर

ललितपुर । ललितपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका थप १ जनाको मृत्यु भएको छ । योसँगै ललितपुरमा कोरोना संक्रमण भएका ब्यक्तिको मृत्यु हुनेको संख्या ४ पुगेको छ । पाटन अस्पतालमा उपचार गराई राखेकी ललितपुर महानगरपाालिका वडा नं. ४ बागडोल बस्ने वर्ष ६५ की महिलाको मृत्यु भएको छ । मृगौलासम्बन्धी समस्याले ग्रसित उनको भदौ ७ गते स्वाब लिई परीक्षण गर्दा भदौ ९ गते पोजिटिभ देखिएको हो ।

‘यो सँगै ललितपुरमा कोरोना संक्रमण भएका ब्यक्तिको मृत्यु भएको संख्या ४ पुगेको छ’, स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले भने । यस अघि गम्भिर स्वास्थ्य समस्या भएकी थसिखेलका ६५ वर्षका महिलाको साउन १६ गते निधन भएको थियो । यस्तै गत असार ११ गते बिहीबार पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ५० वर्षीय पुरुषको मृत्यु भएको थियो । चितवन स्थायी घर भई ललिपुरको महालक्ष्मी नगरपालिका टीकाथली बस्दै आएका मृतक पुरुष मृगौलाका बिरामी थिए ।

उनको करिब पाँच महिना अघि भएका मृगौलाले काम नगरेपछि मृगौला प्रत्यारोपण गरिएको थियो । असार पहिलो साता मात्र उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचारका लागि राखिएको थियो । यसअघि बुङ्मतीका कलेजो सम्बन्धी रोगबाट पीडित एक पुरुषको कारोनाका कारण मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू