सहसचिव सरुवामा मुख्य सचिवकै असन्तुष्टि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ६० सहसचिवको सरुवामा काखापाखा गरिएपछि सरुवा विवादित बनेको छ । मन्त्रालयले ज्येष्ठताका आधारमा केन्द्रीय सरकारका सहसचिवलाई विभिन्न प्रदेशमा पठाएको दाबी गरेको छ ।

तर सरुवा सूची हेर्दा काखापाखा गरेको पाइएपछि सरुवा विवादित बनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै वरिष्ठ सहसचिवको सरुवा भएपछि कामकाज प्रभावित हुन सक्ने भन्दै मुख्य सचिव लोकदर्शन रेग्मीले नै सरुवाप्रति चर्को असन्तुष्टि जनाएको स्रोतले जानकारी दिएको छ । केही वरिष्ठ सहसचिवहरू भने आफ्नो सरुवा रोक्न मन्त्री र सचिवको सोर्स लगाउन थालेका छन् ।

सरकारले गत वर्षदेखि प्रदेशका विभिन्न मन्त्रालयको कुशल व्यवस्थापन तथा सहजीकरण गर्न केन्द्रका ज्येष्ठ सहसचिवलाई प्रदेशमा पठाउने निर्णय गरेको थियो । त्यसरी पठाउँदा एक वर्षका लागि पठाउने मापदण्ड बनाइएको थियो ।

सोहीअनुसार गत साल पनि एकै पटक ६० भन्दा बढी सहसचिवलाई प्रदेशमा पठाइएको थियो । गत साल प्रदेशमा पठाइएकामध्ये केही सहसचिव मापदण्डविपरीत १ वर्ष नबस्दै फर्किएका थिए भने केही सहसचिव भने मापदण्डअनुसार नै एक वर्ष बिताएर फर्किएका थिए ।

सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्दा प्रशासन सेवा र शिक्षा सेवाबीच चरम विभेद गरेको भन्दै प्रशासन सेवाका सहसचिवहरूले आपत्ति जनाएका छन् । सामान्य सचिव सूर्यप्रसाद गौतम शिक्षा सेवाबाट आएका सचिव भएकाले उनकै रुचिअनुसार वरिष्ठ भएर पनि शिक्षा सेवाका सहसचिवलाई प्रदेशमा नपठाइएपछि विवाद चुलिएको हो ।

शिक्षा सेवाका वरिष्ठ सहसचिवहरू तुलसी थपलिया, वैकुण्ठ अर्याल, इमनारायण श्रेष्ठ र कृष्णप्रसाद काप्रीलाई प्रदेशमा सरुवा हुनबाट रोकिएको छ । जबकि सहसचिवको ज्येष्ठताका क्रममा उनीहरूभन्दा तल रहेका प्रशासन सेवाका सहसचिवलाई भने प्रदेशमा पठाइएको छ ।

शिक्षा सेवाका वरिष्ठ सहसचिवहरू तुलसी थपलिया, वैकुण्ठ अर्याल, इमनारायण श्रेष्ठ र कृष्णप्रसाद काप्रीलाई प्रदेशमा सरुवा हुनबाट रोकिएको छ । जबकि सहसचिवको ज्येष्ठताका क्रममा उनीहरूभन्दा तल रहेका प्रशासन सेवाका सहसचिवलाई भने प्रदेशमा पठाइएको छ । सामान्य सचिव गौतमले काखापाखा गरेको भन्दै उनको आलोचनासमेत भएको छ । विवाद भएपछि सामान्यले सरुवा गरेको पत्र समेत सहसचिवहरूलाई दिन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कोभिड–१९ को संकटको समयमा सामान्य प्रशासन मन्त्रालयले पर्याप्त छलफल नै नगरी महत्वपूर्ण निकायमा रहेर कोभिड–१९ को संकट समाधान गर्न भूमिका खेलिरहेका सहसचिवलाई हतार हतारमा सरुवा गरिएपछि थप समस्या हुने देखिएको छ ।

मुख्य सचिव रेग्मी स्वयं प्रधानमन्त्री कार्यालयको बैठक शाखा हेर्ने सचिव दिनेश घिमिरेको सरुवा रोक्न लागेका छन् । मुख्य सचिव रेग्मीले सरकारका विभिन्न मन्त्रालयबाट आउने प्रस्तावका ’boutमा अध्ययन गर्ने बैठक शाखाकै सहसचिवको सरुवा भएपछि काममा समस्या पर्ने भन्दै असन्तुष्टि जनाएको बताइएको छ ।

यसैगरी कोभिड संकट व्यवस्थापनमा महत्वपूर्ण भूमिकामा रहने प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखाका सहसचिव तथा प्रवक्ता राजेन्द्रकुमार पौडेलको सरुवाले पनि कोभिड व्यवस्थापनमा समस्या पर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । सामान्यले शिक्षा सेवामा रहेका वरिष्ठ सहसचिवलाई सरुवा गरेको भए प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलको सरुवा हुने अवस्था नआउने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

यसैगरी, कोभिड व्यवस्थापनमा महत्वपूर्ण भूमिकामा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव रघुराम विष्टको सरुवाले समस्या परेको भन्दै स्वास्थ्य सचिवसमेतले सामान्य सचिवसँग सरुवा सच्याउन आग्रह गरेको बताइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले भने सरुवा नियमित प्रक्रिया भएकाले सरुवाले कोभिड व्यवस्थापनमा कुनै समस्या नपर्ने दाबी गरेका छन् । सरुवा भएकामध्ये स्वास्थ्यका विष्ट, सूचना तथा सञ्चार मन्त्रालयकी राधिका अर्याल, अर्थ मन्त्रालयका श्रीकृष्ण नेपाल लगायतका सहसचिवहरू भने आफ्नो सरुवा रोक्न मन्त्री तथा शक्तिकेन्द्रमा धाउन थालेको बताइएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले भने शिक्षा सेवाका सहसचिवलाई हाल सरुवा गर्दा शिक्षा मन्त्रालयको काममा प्रत्यक्ष असर पर्ने भएकाले प्रदेशमा रहेका शिक्षा सेवाका सहसचिवलाई केन्द्रमा ल्याउने र केन्द्रका सचिवलाई प्रदेशमा पठाउने कार्य एकैपटक हुने बताए । उनले सरुवामा कुनै किसिमको काखापाखा नभएको दाबी गर्दै सरुवा कार्यान्वयन हुने बताए । प्रवक्ता अधिकारीले सरुवा मापदण्डअनुसार नै भएकाले कसैको पनि सरुवा संशोधन नहुने दाबी गरे ।

‘कसैको पनि संशोधन हुँदैन, सरुवा पत्र तयार भइसकेको छ । हामी सबैको इमेलमार्फत पत्र पठाउने तयारीमा छांै,’ अधिकारीले राजधानीसँग भने ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार