बेइजिङ । चीनमा महामारीका रूपमा देखिएको कोरोना भाइरस’bout गरिएको हालसम्मकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष चिनियाँ स्वास्थ्य अधिकारीले सार्वजनिक गरेका छन् ।
कोरोना भाइरस संक्रक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्षमा ७० हजारभन्दा बढी कोभिड–१९ संक्रमणका विवरण समेटिएका छन् । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकअनुसार ८० प्रतिशतभन्दा बढी संक्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो ।
सो अनुसन्धानले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको संकेत गरेको छ । मंगलबार वुहानमा उपचारका क्रममा एक जना अस्पताल निर्देशकको मृत्यु भएको थियो । ५१ वर्षीय लियो झामिङ सो संक्रमणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक हुन् ।
कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन् । चीनको हुबेई प्रान्तमा कोरोनाभाइरसको संक्रमण सबैभन्दा खराब स्तरमा फैलिएको छ ।
चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकले सो प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र ०.४ प्रतिशत मात्रै मृत्युदर रहेको देखाएको छ । सो अध्ययनले समग्रमा कोभिड–१९ को मृत्युदर २.३ प्रतिशत रहेको जनाएको छ ।
मंगलबार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्यांकअनुसार कोरोना भाइरसका कारण ७२ हजार ४३६ संक्रमणका घटनामा १ हजार ८६८ जनाको मृत्यु भएको छ । अधिकारीले त्यसमा ९८ वटा नयाँ मृत्युका घटना समेटिएको र अघिल्लो दिन संक्रमणको केन्द्रमा रहेको हुबेई प्रान्तमा १ हजार ८८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन् । चिनियाँ अधिकारीका अनुसार १२ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट निको भएर फर्किएका छन् ।
सोमबार प्रकाशित तथ्यांक चीनको इपिडिमियोलोजीसम्बन्धी जर्नलमा प्रकाशित भएको हो । जसमा चीनभर ११ फेब्रुअरीसम्म पुष्टि भएका, शंका गरिएका र कुनै संकेत नदेखिएका तर कोभिड–१९ पहिचान गरिएका सबै ७२ हजार ३१४ घटनाको विवरण उल्लेख गरिएको छ । सो अध्ययनले भाइरस र संक्रमणको फैलावट’bout विगतकै व्याख्यालाई पुष्िट गरेको छ । अध्ययनमा ४४ हजार ६७२ वटा संक्रमणका घटनाको विस्तृत विवरण समावेश छ ।
सो अध्ययनमा झन्डै ८०.९ प्रतिशत संक्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ भने १३.८ प्रतिशतलाई कडा र ४.७ प्रतिशतलाई संवेदनशील भनिएको छ । उमेरका हिसाबले ८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ । कोरोना भाइरसका कारण ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको छैन भने ३९ वर्षको उमेरसम्ममा मृत्युदर ०.२ प्रतिशत रहेको छ ।
त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमशः बढ्दै गएको देखिएको छ । ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत जोखिम रहेको पाइएको छ ।
लैंगिक अनुपातमा पुरुषभन्दा महिलामा कम जोखिम पाइएको छ । पुरुषमा २.८ प्रतिशत जोखिम पाइएको छ भने महिलामा १.७ प्रतिशतमात्र जोखिम रहेको पाइएको छ । बिरामीमा भइरहेका स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा सो अध्ययनले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको देखाएको छ । त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ । सो अध्ययनमा हालसम्म ३ हजार १९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको र त्यसमध्ये ११ फेब्रुअरीसम्म पाँच जनाको मृत्यु भएको उल्लेख छ ।
सो अध्ययनले कोभिड–१९ को प्रकोप २३ देखि २६ जनवरीसम्म बढेको र त्यसपछि ११ फेब्रुअरीसम्म घटेको उल्लेख गरेको छ । सो अध्ययनले प्रकोप घट्नुका पछाडि कैयौं सहरलाई एकअर्कासँग सम्पर्कविच्छेद गरिनु, हात धुने, मास्क लगाउने र उपचार खोज्ने विषयमा एकभन्दा बढी माध्यमबाट सूचना सम्प्रेषण गरिनु र कैयौं निकाय सम्मिलित द्रुत प्रतिकार्य टोलीलाई महामारी नियन्त्रणका लागि परिचालन गरिनुलाई उल्लेख गरेको छ ।
तर, अध्ययनकर्ताले लामो बिदापछि मानिस घर फर्किन थालेपछि चीनले थप तयारी गर्नुपर्ने बताएका छन् । चीनले सो संक्रमणलाई नियन्त्रणमा लिन हुबेईलाई अन्य ठाउँबाट सम्पर्कविच्छेद गराइएको र देशभर आवतजावतमा कडा प्रतिबन्ध लागू गरेको थियो ।
मंगलबारसम्ममा कोरोना भाइरसका कारण १ हजार ८७४ जनाको मृत्यु भएको छ भने ७३ हजार ३३६ जना संक्रमित बनेका छन् । संक्रमित भएर १२ हजार ९८२ जना संक्रमणमुक्त भएका छन् ।