काठमाडौं । नेपाल विद्यार्थी संघले चिकित्सा क्षेत्र सुधारको पक्षमा उभिदैं आएका अभियन्ता डा. गोविन्द केसीमाथी राज्य पक्षबाट प्रहरी प्रशासन लगाएर गरिएको व्यवहारप्रति आपत्ति जनाएको छ ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले शनिबार निमुखा र सर्वसाधारणहरुको सेवामा तल्लीन रहेका डा केसी प्रति राज्य पक्षबाट गरिएको व्यवहार निकृष्ट र आपत्तिजनक भएको भन्दै आपत्ति जनाए ।
‘चिकित्सा शिक्षामा रहेको विकृति र विसंगतिका विरुद्धका अभियन्तामाथी सुरक्षाकर्मीको बल प्रयोग अशोभनीय रहेको छ,’ तिमल्सिनाले भनेका छन ।
डा. केसीलाई बसेको स्थलबाट बाहिर जान प्रहरी र सशस्त्र प्रहरी लगाएर बलपूर्वक रोक्नु, अभियानमा सहयोग गर्नेलाई प्रहरीले घर-घर पुगेर धम्क्याउने कार्य सरकारको पराजित मानसिकताको पराकाष्ठ भएको उनले भनेका छन । उनले त्यस्ता कार्य तत्काल रोक्न समेत सरकारसँग माग गरेका छन ।






