५० लाख जितेकी सज्जा रेष्टुरेन्टमा गाउँथिन्

काठमाडौं । गायनसम्बन्धी रियालिटी सो नेपाल आइडलमा पहिलोपटक महिला प्रतियोगी विजयी भएकी छन् । शुक्रबार अबेर राति सम्पन्न नेपाल आइडल सिजन–३ मा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै मोरङ पथरीकी गायिका सज्जा चौलागाईंले उपाधि जितेकी छन् ।

शुक्रकार नेपाल आइडलको स्टुडियोमा भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसहित सज्जाले ५० लाख रुपैयाँ जितेकी छन् । फेसन डिजाइनर बन्ने सपना बोकेकी उनले नेपाल आइडल सिजन–३ को विजेता बनेपछि अब गायनलाई निरन्तरता दिने बताएकी छन् ।

सज्जाले आफ्नो गायन करियर काठमाडौंका केही रेस्टुरेन्ट तथा बारमा गाएर सुरु गरेकी थिइन् । एउटा लेडिज ब्यान्डसमेत खोलेर उनी संगीतमा संघर्षरत थिइन् । उनको गायन जनरा राक र पप हो ।

सो प्रतियोगितामा फस्ट रनरअप बन्दै प्रवीण बेडुवालले  १० लाख रुपैयाँ प्राप्त गरेका छन् । बर्दिया राजापुरका प्रवीण शास्त्रीय संगीतका विद्यार्थी हुन् । उनले पनि यसअघि थुप्रै स्टेज कार्यक्रममा गाएर आफूलाई चिनाउँदै आएका थिए ।

यस्तै, फाइनलमा पुगेका बर्दिबास महोत्तरीका किरणकुमार भुजेलले सेकेन्ड रनरअप बन्दै ५ लाख रुपैयाँ प्राप्त गरे । उनी वाइल्ड कार्डमार्फत प्रस्तुत भएका थिए । किरणका केही गीत बजारमा आइसकेका छन् । उनी पाश्र्व गायनमा स्थापित हुँदै छन् ।

यी तीनै जानलाई एक वर्षसम्म आयोजक पक्षले विभिन्न कार्यक्रममा गाउने व्यवस्था गर्नेछ । यी विजेताहरूका लागि देश विदेशमा विभिन्न कार्यक्रम यसअघि नै बुक भए पनि कोरोना संक्रमणका कारण हाललाई रद्द भएको छ ।

यो प्रतियोगिता एपी वान एचडी टेलिभिजनबाट हरेक साता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको थियो । कोरोना संक्रमणका कारण बीचमा यो कार्यक्रम केही समय बन्द पनि भएको थियो । गत असारमा लकडाउन खुलेपछि यो कार्यक्रमको प्रसारण सुरु भएको हो ।

कोरोनाको महामारीका कारण नेपाल आइडलको तेस्रो सिजन विगतको जस्तो तामझामयुक्त भएन । दर्शकको न्यून उपस्थितिमा यसपटक आयोजक पक्षले विजेता घोषणा ग-यो । नेपाल आइडलको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु बज्राचार्य र कालीप्रसाद बास्कोटा थिए ।

यो अमेरिकन आइडलको नेपाली फ्रेन्चाइज हो । नेपालमा यस्तो आइडलको सुरुवात २०४५ सलाम वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले नेपाल टेलिभिजनमार्फत प्रतिभाको डबलीबाट गरेका थियो । पछिल्लो समय भने नेपालमा गायन, नृत्यलगायतका विधामा यस्ता थुप्रै विदेशी फ्रेन्चाइज रियालिटी सो भित्रिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान