भिसा लागेर पनि विदेश जान नपाएपछि गाउँमै स्वरोजगार बन्दै सुदिप र दिपेश

तस्विर : सुदिप थेवे र दिपेश थेवेले बाँसबाट बनाएका कुर्सी र टेवल

इलाम । नेपालमा बैदेशिक रोजगारी नै आम्दानीको लागि मुख्य बाटो भएको ठानेर बिदेश जान लाइन लाग्ने युवा जमात बढ्दै गइरहेको छ । केही गरे गाउँघरमै स्वरोजगार बन्न सकिन्छ भनेर नसोचि बिदेश जान मरिहत्ते गर्ने युवा एकपटक बिदेश पुगेर आएपनि पुन बिदेशिने नै गर्दछन् ।

बिदेश नगइकन घरमै बसेर पनि व्यसायिक बन्दै पैसा कमाउन सकिन्छ भन्ने नसोचि विदेशिने प्रचलनले पनि देशका धेरै युवा विदेशिने गर्दछन् । गाउँमा हरेक घरका एक न एक युवाहरू पैसा कमाउन विदेशमा परिश्रम गरिरहेका छन् । अहिले पनि धेरै युवा कोरोना संक्रमण नियन्त्रण हुने बित्तिकै वैदेशिक रोजगारिमा जाने तयारीमा नै छन् । तर इलाम जिल्लाका केही युवाभने कोरोना संक्रमणको कारण चैत्र ११ गतेदेखि लकडाउन भएसँगै विदेश जान नपाएपछि सिप सिकेर घरमै बसि बसि आम्दानी गरिरहेका छन् ।

जिल्लाको माइजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङका सुदिप थेवे र दिपेश थेवे पटक पटक ब्रिटिस आर्मी (बेलायती सेना) को लागि प्रयास गर्दा पनि पटक पटक असफल बने । ब्रिटिस आर्मी सफल हुन नसकेपछि उनिहरु वैदेशिक रोजगारिमा जाने सोचमा पुगे । सुदिपको त ओमनको लागि भिसा पनि लागिसकेको थियो ।

दिपेशको पनि खाडी मुलुकबाट भिसा आउने तयारी हुँदै गर्दा विश्व महामारी कोरोनाले विदेशी मुलुकहरु आक्रान्त बनाएको थियो । यहि बेला नेपालमा पनि चैत्र ११ बाट लकडाउन सुरु भयो । लकडाउन शुरु भएसँगैे उनिहरुको विदेश जाने पनि बन्द भयो । विदेश जान पनि पाएनन र गाउँघरमा काम पनि खासै थिएन । यसरी लकडाउनको कारण घुमफिर गर्न पनि बन्देज भएकोले यो खाली समयलाई कसरी सदुपयोग गर्ने भन्ने धेरै सोचामा पुगे । यहि सोचाइले युट्युवमा हेरेर बाँसबाट बन्ने सरसामानहरु र बनाउने तरिका सिके ।

पटक पटक युट्युवमा हेरेर गर्न सकिन्छ कि भनेर गाँउघरमा भएको बाँसलाई सदुपयोग गर्न युट्युवमा जस्तै बनाउन सुरु गर्दै गए । एक दुईपटक त बिग्रियो तर पनि उनिहरुले बनाउन छाडेनन् । घरमै बसेर बनाएको सामग्रीको बनावटबाट खुशी भएर माईजोगमाई गापामा पर्ने प्याङको पञ्चमी बजारमा महिनाको १ हजारमा कोठा भाडा लिएर व्यवसाहिक रुपमा काम गर्न थाले । गाउँघरमा भएकोे मलिबाँस बटुलेर कुर्सी, टेबल, लुगा राख्ने ¥याक आदि बनाउन थाले । सुरुमा धेरैले नपत्याएको तर बनाएर बेच्न थालेपछि सबैले विश्वास गर्न थाले ।

उनीहरुले बनाएको सामानहरुको बजार खोज्नै नपरेको उनीहरु बताउँछन् । सूदिप भन्छन्, ‘ग्राहकहरु आफूलाई चाहिएको सामान लिन आफैं आउँछ्न् । गाउँमा नै एउटा कुर्सी १५ सय, टेवल ३ देखि ५ हजार, लुगा राख्ने ¥याक २ हजार रुपैयाँसम्ममा बनाएर बेच्ने गरेका छौँ ।’ अहिले ग्राहकको माग अनुसार बाँस बाट बन्ने जस्तो सुकै सामाग्री पनि बनाउन सक्ने उनीहरु बताउँछन् ।

एउटा कुर्सी बनाउन २ देखि ३ दिनसम्म लाग्ने गर्छ । गाउँघरमा भएकोे बाँसलाई सदुपयोग गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने उदाहरण दिन सकेका छन् । यसरी काम गर्ने सिलसिलामा दिपेशले युट्युवमै हेरेर कपाल काट्न सिके । कपाल काट्न सिके लगत्तै अर्को कोठा पनि भाडामा लिएर सैलुन खोलेर कपाल र दाह्रि काट्ने काम पनि गरिरहेका छन । छोटो समयमा सीप सिकेर गाउँमा नै अहिले फर्निचर र सैलुन चलाएर आफ्नो राम्रो आम्दानीको माध्यम बनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 530 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ