प्रशिक्षक थापा कोरोनामुक्त

काठमाडौं । २३ दिनको सेल्फ आइसोलेसन बसाइपछि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको स्क्वासका प्रशिक्षक हिराबहादुर थापा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमुक्त भएका छन् ।

प्रशिक्षक थापा २५ साउनदेखि सातदोबाटोस्थित स्क्वास भवनको एक फ्लोरमा सेल्फ आइसोलेसनमा रहेका थिए । पूर्व राष्ट्रिय च्याम्पियनसमेत रहेका थापाले सोमबार २३ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् । उनले कोरोना संक्रमण पुष्टि भएपछि र आइसोलेसनमा बस्दासमेत कोरोनाको कुनै लक्षण नदेखिएको समेत बताएका छन् ।

यस्तै, प्रशिक्षक थापाले अझै केही दिन आइसोलेसनमा बसेर परिवाससँग जमघट गर्ने बताएका छन् । उनले आफ्नो रिकभरी समयमा आफ्नो स्वास्थ्य’bout चासो लिने नेपाल स्क्वास एन्ड ¥याकेट संघ परिवारलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

संघका उपाध्यक्षमा बिहीबार कोरोना देखिएपछि प्रशिक्षक थापाले शंका लागेर २४ साउनमा स्टार अस्पतालमा पुगेर स्वाब संकलन गरेको र स्वास्थ्य मन्त्रालयले भोलिपल्टै कोरोना पोजेटिभ देखिएको बताएपछि उनी २५ साउनदेखि सेल्फ आइसोलेसनमा बसेका थिए । थापाले दोस्रोपटक पाटन अस्पताल पुगेर गत बिहीबार पुन स्वाब संकलन गराएका थिए । रिपोर्ट आउन समय लागेपछि उनी लामो समय सेल्फ आइसोलेसनमा बस्नुपरेको थियो । प्रशिक्षक थापा ६० सालयता राखेपअन्तर्गत स्क्वासको प्रशिक्षक रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार