अरु काम रोकिएपछि प्रज्ञा–प्रतिष्ठान प्रकाशनतर्फ

काठमाडौं । कोरोना सँक्रमणका कारण काठमाडौं ठप्प भएको समयमा नेपाल प्रज्ञा–प्रतिष्ठानको पनि सबै काम रोकिएको छ । यस्तो अबस्थामा साहित्यिक गतिविधिहरु सुन्य जस्तै छ । सयै क्रममा प्रतिष्ठान अहिले पुस्तक प्रकाशनमा तर्फ व्यस्त भएको छ । प्रतिष्ठानले स्थापनाकालदेखि हालसम्म प्रकाशित भएका तर पुनः प्रकाशन नभएर अप्राप्य अवस्थामा रहेका करिब तीन दर्जन महत्त्वपूर्ण ग्रन्थहरूको पुनः प्रकाशन गरिरहेको छ ।

प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित विभिन्न विशेष महत्वका ग्रन्थहरूको पुनः प्रकाशन गरिरहेको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताए ।

उपाध्यायका अनुसार अप्राप्य अवस्थामा रहेका नेपाल निरूपण, नेपाल माहात्म्य, नेपालमा बौद्ध धर्म, नेपाली निघण्टु, भरतमुनिको नाट्यशास्त्र, अमरकोश, विश्वसाहित्यको रूपरेखा, आइए रिचर्ड्सको साहित्यिक सिद्धान्त धमाधम प्रकाशन भईरहेको छ ।

यस्तै एरिस्टोटल र उनको काव्यशास्त्र, कौटलीय अर्थशास्त्र, जर्ज लुकासको साहित्य सिद्धान्त, नेपाली साहित्यको इतिहास, नेपाली साहित्यकोश, पाश्चात्य काव्यसिद्धान्त, पूर्वीय काव्यसिद्धान्त, वाल्मीकि रामायणलगायतका अत्यन्त उपयोगी र ऐतिहासिक महत्त्वका तीन दर्जन पुराना ग्रन्थ (पुस्तक)हरूको मुद्रण कार्य भइरहेको पनि उपाध्यायले बताए । यसमध्ये केही ग्रन्थ प्रकाशन भइसकेका छन् भने केही अहिले प्रकाशनमा रहेको पनि उनले जानकारी गराएका छन् ।

स्कुल कलेज सुरु भएपछि पाठ्यसामग्रीको अभाव हुने र अहिले लकडाउनका कारण अन्य काम पनि नभएको अबस्थामा प्रकाशनको कामहरु भईरहेको पनि उपाध्यायले जानकारी गराएका छन् ।

कोरोना सँक्रमणका कारण नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा साहित्य सम्बन्धि गोष्ठी, समारोह, प्रबचन जस्ता विविध कार्यक्रम गर्न सकिरहेको छैन । अत्याबस्यक कार्य बाहेक अरु अबस्थामा परिषदका सदस्य तथा पदाधिकारीहरु कार्यालय जान सकेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 390 times, 1 visits today)

epaper

ताजा समाचार

एकताबद्ध र अनुशासित ढंगले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली