पहिरोले अवरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

इलाम । इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्घ बनेको सडक एक तर्फि रुपमा खुलेको छ । गए राति परेको अविरल वर्षाको कारण अवरुद्घ बनेको सडक एकतर्फी खुलेको हो ।

सडक अवरुद्धसँगै बिच बाटोमै अवरुद्ध बनेका झापा, इलाम,पाँचथर र ताप्लेजुङसम्म सञ्चालन हुने सवारीलाई सहज बनेको छ । कोरोना संक्रमणमका कारण यात्रुवाहक सवारी सञ्चालन नभएपनि एम्बुलेन्स र खाद्यान्न बोकेका सवारी वबच बाटोमै अलपत्र परेका थिए ।

पहिरोका कारण सडक अवरुद्ध बनेपछि विहानबाटै स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भइरहेको थियो । विहानै देखि पहिरो फाल्ने काम भएपनि धेरै ठाँउमा पहिरो गएको कारण अहिलेसम्ममा एकतर्फी मात्र सडक सञ्चालनमा आएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ