धनकुटाका सांसद दम्पतीले जिते कोरोना

धनकुटा । धनकुटाका कोरोना संक्रमित प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ दम्पती आजबाट कोरोना मुक्त भएका छन् । सांसद श्रेष्ठसँगै उनका श्रीमान नयनले पनि २४ दिनमा कोरोना जितेका हुन् ।

धनकुटाको कागते घर भएका सांसद दम्पतीमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु ईटहरीस्थित आफ्नो कोठामा बसेका थिए । हिजो स्वाब संकलन गरी बिराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा दुबै जनाको रिपोर्ट नेगेटिभ आएको सांसद श्रेष्ठले जानकारी दिइन् ।

सांसद श्रेष्ठका अनुसार उनलाई सुरुमा केही दिन टाउको दुखेको थियो । श्रीमानलाई भने केही दिन सामान्य ज्वरो आयो । तर, त्यसपछि दुबै जनालाई कुनै स्वास्थ्य समस्या देखिएन । दैनिक वाफ लिएर, बेसार पानी र गुर्जो खाएर सामान्य अवस्थामै कोरोनामुक्त भएको सांसद श्रेष्ठले बताईन् ।

त्रास फैलाईए जस्तो हैन, मानव आतंक रहेछ कोरोना : सांसद श्रेष्ठ

यसैवीच, कोरोना मुक्त भएकी सांसद श्रेष्ठले विश्वभर त्रास फैलाईए जस्तो जटिल रोग नभई कोरोना सामान्य सरुवा रोग भएको बताएकी छन् । संक्रमण मुक्त भएपछि उनले सामान्य किसिमको सरुवा रोगलाई समाज नै उथलपुथल हुनेगरी हंगामा मात्र फैलाइएको टिप्पणी गरिन् । ‘कोरोनाको त्रासले सुरुमा धेरै आतंकित बनाएको थियो । तर, हामीले सजिलै कोरोना जित्यौ । कुनै रोग लागेजस्तै नै भएन ।’ उनले भनिन्–‘वास्तवमा यो सामान्य किसिमको सरुवा रोग रहेछ । कोरोना भन्दा पनि यसको हल्ला चै धेरै ठूलो भइरहेको छ ।’

उनले कोरोनालाई मानव आतंकको संज्ञा दिएकी छन् । अहिले कारोनाको अनावश्यक हल्लाले अन्य जटिल रोगका बिरामीको अकालमै ज्यान जाने अवस्था सृजना भईरहेको उनको ठम्याई छ । एउटा सामान्य रोगको अनावश्यक त्रासका कारण जटिल रोगका बिरामीहरुले उपचार नपाएर अकालमै ज्यान गुमाउँनु पर्ने अवस्था आएको उनले बताईन् । ‘रुघामर्की लाग्दा पनि मान्छेलाई धेरै सताउँछ । औषधि नै नखाई निको हुँदैन कि जस्तोसम्म बनाउँछ ।’ उनले भनिन्–‘कोरोना मलाई त रुघामर्की जत्तिको पनि लागेन, औषधि नै नखाई थाहै नपाई निको हुँने यो सामान्य सरुवा रोग मात्रै रहेछ । यसको अनावश्यक हल्लाले जटिल रोगी उपचार नपाएर मर्ने अवस्था सृजना गर्नु हुँदैन ।’

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी