इलाम । मंगलबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले इलामको रोङ गाउँपालिका ६ का बलबहादुर राईको घर बगाएको छ । वर्षसँगै आएको पहिरोले टिनको छाना र काठबाट बनेको घर र भन्सा घर बगाएको हो । पहिरोले घर, भान्सा घर, लत्ता कपडा, अन्नपात पुरिएको छ ।
रातिको समय भएको र ज्यान बचाउन उक्त घरका मानिस सुरक्षित स्थानमा गएपनि घरमा भएको सबै सामान पहिरोमा परेको छ । पहिरोले ८ लाख बराबरको क्षतिभएको प्रहरीको भनाई छ । रातिको समयमा पहिरो गएपनि पानि परेपछि सुरक्षित रहेको कारण मानविय क्षति नभएको प्रहरी कार्यलय इलामका प्रहरी उपरिक्षक लालध्वज सुवेदीले बताए ।
सुवेदीका अनुसार पहिरोले २० मिटर तलसम्म घर पुर्याएको र घरमा भएको अन्न पात र लत्ता कपडा सबै पहिरोले पुरेको छ । पहिरोले घर बगाएपछि विस्तापित बनेका परिवारलाई पालिका र स्थानीयको सहयोग मार्फत बस्ने ठाउँको व्यवस्थावन गरेको प्रहरीले जनाएको छ । परिवारमा ५ पूरुष र २ महिला गरी ७ जना रहेका थिए ।






