आर्थिक समृद्धिका दस कडी

हरेक मानिसका लागि ज्यान सबैभन्दा ठूलो कुरा मानिन्छ । अहिले सिंगो मानव समुदायमाथि कोभिड–१९ मृत्यु बनेर मडारिइरहेको छ । अझै औषधि पत्ता लाग्न नसकेको काराण सिंगो विश्व किंकतव्र्यविमूढजस्तै बनेको छ । हामी नेपाली अहिले बन्दाबन्दीको चक्रव्यूहमा छौं । दिनहुँ १०-१२ जनाको ज्यान कोभिडले लियो भन्ने तीतो खबर सुन्नु हाम्रो दिनचर्चाजस्तै भएको छ । अझ राजधानीवासीलाई कोभिडका विषाक्त नंग्राले दैनिकजसो निसाना बनाइरहेको छ । यस परिप्रेक्ष्यामा कोभिड–१९ को नाता प्रत्यक्ष्य वा परोक्ष्य रूपमा आर्थिक समृद्धि-अवनतिसँगै जोडिन्छ नै । यसो त अर्थिक समृद्धि कुनै पनि मुलुकको सपना र दीर्घकालीन लक्ष्य मानिन्छ । वास्तवमा मानवको साझा उद्देश्य आर्थिक समृद्धि नै हो । आर्थिक समृद्धि कसरी हासिल गर्न सकिन्छ ? केकस्ता चिजले आर्थिक समृद्धिको गति निर्धारण गर्छ ? आफैंमा दार्शनिक प्रश्न हो । अथवा धेरै चिजको तारतम्यमा मात्र आर्थिक स्त्तरोन्नतीको मूल फुट्न सक्छ । मुलुुकको भौैगोलिक बनावट, प्राकृतिक स्रोतसाधनको उपलब्धता, नेता, नेतृत्व, राज्यको कार्यसंस्कृति, शान्तिसुरक्षाको स्थिति, ऐननियमको परिपालना, कोभिडजस्ता संक्रामक रोगव्याधि आदि आर्थिक समृद्धिका निर्धारक तŒव हुन् ।

राजनीतिक स्थायित्व : आर्थिक समृद्धिको प्रथम कडी हो । कुनै सरकार पूरापूर आयु बाँच्नु वा कुनै शासन व्यवस्था लामो समयसम्म चलिरहनु नै राजनीतिक स्थायीत्व हो । राजनीतिक स्थायीत्व कायम हुनु भनेको नीतिगत स्थायीत्व कायम हुनु पनि हो । राजनीतिक स्थायीत्व कायम हुनु भनेको सरकारले अगाडि सारको नीति, योजना र कार्यक्रमले दीर्घजीवन प्राप्त गर्नु हो । राजनीतिक स्थायीत्वको अभावमा न त सरकारले आफ्नो कार्य क्षमता प्रस्तुत गर्न सक्छ, न त लगानीकर्ता नै आकर्षित हुन्छन् । नेपालमा आर्थिक समृद्धि भिœयाउन नसक्नुको मूल कारण पनि राजनीतिक अस्थिरता नै हो । किन कि प्रजातन्त्र प्राप्तिपश्चात् कुनै पनि सरकार तीन वर्ष नटिकी ढलेको मात्र छैन, प्रजातन्त्र प्राप्तिको २६ वर्षे अवधिमा २५ पटक कार्यकारी प्रमुख परिवर्तन भएका छन् । सोही कारण हामी आर्थिक रूपमा पछि परेका हौं ।

सुशाासन : आर्थिक समृद्धिको दोस्रो कडी हो । विधि, पद्धति, प्रणाली र अनुशासनअनुरूप मुलुक चल्नु, ऐनकानुन हुबहु लागू हुनु, भ्रष्टाचार निरुत्साहित हुनु नै सुशासन हो । जुन मुलुकमा सुशासन कायम हुन्छ, त्यस मुलुकमा आन्तरिक तथा बाह्य लगानीकर्ता आकर्षित हुन्छन् । लगानीकर्ता आकर्षित हँुदा उत्पादन, रोजगारी र राजस्वमा बढवा मिल्छ । सुशासन कायम नहुन भनेको भ्रष्टाचारले डेरा जमाउनु हो । विकास निर्माण कार्यमा मोलाहिजा हुनु हो । गुणस्तरहीन कार्यले प्रश्रय पाउनु हो । तर, हामी सुशासनमा निकै कमजोर छांै । उक्त तथ्य भ्रष्टाचार नियाल्ने संस्था ट्रान्सपेरेन्सी इन्टरनेसनको सर्वेक्षण पछिल्ला प्रतिवेदनबाट प्रस्टै हुन्छ । हाम्रो आर्थिक अवस्था नाजुक बन्नुको कारण कुशासन नै हो ।

वैज्ञानिक आर्थिक योजना : आर्थिक समृद्धिको तेस्रो कडी हो । मुलुकको दीर्घकालीन समृद्धिका लागि बुनिएको सपना नै आर्थिक योजना हो । यसै पनि दूरदृष्टि योजनाबिना आर्थिक विकास असम्भव कुरा हो । आर्थिक समृद्धिको निमित्त कृषि, जलविद्युत्, पर्यटन, आधारभूत उद्योग, पूर्वाधार, जनशक्ति विकासजस्ता अर्थतन्त्रका आधारभूत क्षेत्रमा केकस्ता नीति, योजना र कार्यक्रम तय गर्ने, ती क्षेत्र उठानका निमित्त केकस्ता कार्यनीति, रणनीति अंगीकार गर्ने, सुशासन कसरी व्यवस्थापन गर्ने, आर्थिक योजनमा प्रस्ट चित्र झल्कनुपर्छ । आर्थिक योजनमा सरकारको भूमिका, सरकारवाट उपलब्ध गराइने सेवा सुविधा, ऐनकानून, शान्तिसुरक्षा, बैंक तथा वित्तीय संस्थाहरूको अवस्था केकस्तो हुने प्रस्ट खुल्नुपर्छ । राज्यले सन् २०२२ मा विकासशील मुलुक र सन् २०३० सम्म मध्यम आययुक्त मुलुक दाँजोमा स्तरोन्नति गर्ने लक्ष्य तय गरेको छ । जब कि उक्त अवस्थामा स्तरोन्नति हुन वार्षिक औसत ८ प्रतिशत आर्थिक वृद्धि आवश्यक पर्छ । यता पछिल्लो एक दशकमा हाम्रो औसत आर्थिक वृद्धि दर ५-६ प्रतिशत मात्र रहेको छ । उक्त तथ्यबाट हामीले अगाडि सारेका आर्थिक योजनाको लक्ष्य चुम्नु कम्ती चुनौतीपूर्ण छैन भन्ने कुरा पुष्टि हुन्छ । हामीले आर्थि समृद्धि हासिल गर्न नसक्नुको एउटा कारण यो पनि हो ।

मानवीय साधनको गुणस्तर, आकार, कार्यक्षमता, संरचना र वृद्धिदर आर्थिक विकासका गति निर्धारक हुन्

मानव संशाधनको उपयुक्त परिचालन : आर्थिक समृद्धिको चौथो कडी हो । आर्थिक समृद्धिमा काँध थाप्न सक्ने, मुलुकको समष्टिगत उत्पादन र उत्पादकत्व फराकिलो पार्न सक्ने पौरखी जनशक्ति नै मानव संसाधन हो । मानव संसाधन आर्थिक समृद्धिको जीवन्त साधन पनि हो । पुँजी र प्राकृतिक साधन उत्पादन कार्यमा लगाउनका लागि मानव संसाधन सुचालक हो । मानवीय साधनको गुणस्तर, आकार, कार्यक्षमता, सरचना, वृद्धिदर आर्थिक विकासको गति निर्धारक हो । जुन मुलुकले मिहिनेती, सिर्जनशील, धैर्यवान्, कटिबद्ध र साहसी मानव संसाधन पैदा गर्न सक्छ, त्यस्तो मुलुक अगाडि बढ्न समय लाग्दैन । दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड, ताइवान, सिंगापुर निर्माणका निमित्त त्यहाँको जनशक्तिको अहं हात रहेको छ । ती मुलुकले शिक्षामा ठूलो लगानी गरेका थिए । देशबाहिर सीप आर्जनका लागि पठाएका थिए । सीपयुक्त जनशक्तिबिना आर्थिक समृद्धि असम्भव कुरा हो ।

भौतिक पूर्वाधार क्षेत्रको विकास : आर्थिक आर्थिक समृद्धिको पाँचांै कडी हो । आर्थिक समृद्धिका लागि आवश्यक पर्ने आधारभूत पूर्वाधार अर्थात् बाटोघाटो, रणनीतिक सडक, रेल्वे, पुलपुलेसा, सुख्खा बन्दगाह, बिजुली बत्ती, टेलिफोन, हवाई मैदान, ठूला सिँचाइ आयोजना नै भौतिक पूर्वाधार हो । पूर्वाधार मजबुत हुनु भनेको उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसाय मौलाउने वातावरण सिर्जना हुनु हो । पूर्वाधार मजबुत हुनु भनेको उत्पादित वस्तु तथा सेवा लागत कटौती हुनु हो । वस्तु तथा सेवाको लागत न्यून हुनु भनेको प्रतिस्पर्धात्मक क्षमता अब्बल बन्नु हो । प्रतिस्पर्धात्मक क्षमता मजबुत हुनु भनेको रोजगारी सिर्जना, राजस्व आर्जन, बचत तथा लगानीमा टेवा मिल्नु हो । तर, नेपालमा भौतिक पूर्वाधारको अवस्था निकै नाजुक छ । भौतिक पूर्वाधारका आयोजनाहरू समयमा पूरा हुन सकेका छैनन् । अगाडि सारिएका २१ थान राष्ट्रिय गौरव कार्य प्रगति निराशाजनक छ । यो हाम्रो आर्थिक हैसियत सुधार हुन नसक्नुको अर्को कारण हो ।

वैज्ञानिक कर प्रणाली : आर्थिक समृद्धिको छैठौं कडी हो । राज्य सञ्चालनका निमित्त गरिने अनिवार्य दान नै कर हो । आर्थिक समृद्धिका लागि कर प्रणाली, करको दर, करको आयातन महŒवपूर्ण कुरा हो । तर, हामीले कर प्रणाली अझै सुधार गर्न सकेका छैनौं । अप्रत्यक्ष्य करको हिस्सा थोरै छ । कर मूलतः आयातमुखी खालको छ । कर चुहावटको मात्रा अधिक छ । आयबापत कर तिर्न रुचाइँदैन । त्यसो त करको औचित्यता, उपादेया र महŒव बुुझाउन नसक्दा करदाता कर भुक्तानीका निमित्त उदासीन बनेका हुन् । यो आर्थिक समृद्धि हात लाग्न नसक्नुको अर्को कडी हो ।

उपयुक्त आर्थिक संगठन : आर्थिक समृद्धिको सातौं कडी हो । मुलुकको अर्थव्यवस्था सञ्चालन गर्ने निकायहरूको समुच्च स्वरूप नै आर्थिक संगठन हो । आर्थिक समृद्धिका खातिर आर्थिक प्रणाली, अर्थनीति, विकाससम्बन्धी मन्त्रालय, सार्वजनिक वित्त, सुशासन कायम गर्ने निकायहरूको भूमिका अहं हुन्छ । नेपालजस्तो अल्प विकसित मुलुकमा आर्थिक संगठन मूलतः परम्परागत ढर्राका हुन्छन् । वित्तीय अनुशासनको अभाव हुन्छ । प्रक्रियामुखी हुन्छ । भनसुन, मोलाहिजा र अर्थवादले डेरा जमाएको हुन्छ । हाम्रो आर्थिक समृद्धि छायामा पर्नुका पछाडि अवैज्ञानिक आर्थिक संगठनको त्यतिकै हात छ ।

उद्यमशीलता : आर्थिक समृद्धिको आठौं कडी हो । नयाँनयाँ उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसाय फर्काउनु नै उद्यमशीलता हो । उद्यमशीलताबिना औद्योगिक विकास हुन सक्दैन । तथापि, उद्यमशीलता मौलाउनका निमित्त लगानीकर्ताको लगानीको सुरक्षा, लगानीकर्ता जिउधनको सुरक्षा, लगानीकर्ताको सम्पत्तिको सुरक्षा प्रत्याभूत अपरिहार्य कुरा हो । भुल्नै नहुने कुरा, उद्यमशीलता अंकुरण हुन नसक्दा नेपाल गरिबीको आहालमा हेलिनुपरेको हो ।

पुँजी निर्माण : आर्थिक समृद्धिको नवौं कडी हो । लगानीयोग्य धनको बढवा नै पुँजी निर्माण हो । यसै पनि पुँजी आर्थिक विकासको सुचालक पनि हो । साधनको उचित उपयोग, उपभोग कटौती, अनिवार्य बचत, घाटा बजेट, सार्वजनिक ऋण संकलन, वैदेशिक ऋण तथा अनुदान प्राप्ति पुँजी निर्माणका विधिहरू हुन् । तर, पुँजी निर्माण गर्न हामी चुम्दा आर्थिक समृद्धि हाम्रो लागि असम्भवजस्तै भएको हो ।

प्राकृतिक साधनको उपयोग : आर्थिक समृद्धिको १०आंै कडी हो । सृष्टि कालदेखि प्रकृतिले निःशुल्क रूपमा उपलब्ध गराएको जल, जमिन, जंगल, जडिबुटी, जलवायु, खनिजलगायतका प्रकृतिका उपहार नै प्राकृतिक साधन हुन् । कुनै पनि मुलुकलाई प्रकृतिले कुनै न कुनै साधन उपहारस्वरूप सुम्पिएको पाइन्छ । तथापि, प्राकृतिका साधनको उपलब्धताबाट मात्र कुनै मुलुक आपसेआप समृद्ध भइहाल्दैन । किनकि प्राकृतिक साधन स्वयं सक्रिय साधन होइन । पुँजी, प्रविधि, उद्यमशीलता, इच्छाशक्ति र कटिबद्धता आवश्यक हुन्छ । प्राकृति स्रोतसाधनको यथोचित उपयोग गर्न नसक्दा हामी आर्थिक रूपमा पिछडिएका हांै ।

तपाइको प्रतिक्रिया
(Visited 1,330 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ