बाँकेमा ८८ वर्षिय जेष्ठ नागरिक कोरोना मुक्त भएर घर फर्के

नेपालगञ्ज । बाँके जानकी गाउपालिका–३ का ८८ वर्षिय पुरुष जेष्ठनागरिकले कोरोना संक्रमण जितेर घरफर्केका छन् । उनीसहित उनकै छोरा र अन्य विभिन्न आइशोलेशनबाट २४ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । बिहीबार घरफर्कनेमा ३ महिला र २१ जना पुरूष छन् ।

डिस्चार्ज हुनेमा हालसम्म कै संक्रमितहरू मध्ये बढि उमेर भएका बाँके जानकी गाउँपालिका वडा न–३ का ८८ वर्षिय पुरूषले कोरोना जितेर घर फर्केका हुन । उनी देशभरीकै कोरोना संक्रमित मध्ये जेष्ठ नागरिक भएको हुनसक्ने आकलन र दाबी गरिएको छ ।

जेष्ठ नागरिकसंगै उनका छोरा पनि संक्रमित भएका थिए दुबै जना संगै संक्रमण मुक्त भएर घर फर्केका छन । ‘संक्रमणको जानकारी पाउने वित्तिकै अलि केही आत्तिएका थियौ तर, आईशोलेशनमा आईपुगेपछि अवस्था सामान्य हुँदै आयो । साथी भाई, आफन्तले दिएको हौसलाको कारणले हामिले सजिलै जित्यौ कोरोना’– संक्रमित जेष्ठ नागरिकका छोराले बताए ।

उनले आफ्नो बुवा कोरोना संक्रमण जितेर घर फर्कने सबैभन्दा बढी उमेरको भएको हुनसक्ने दाबी गर्दै भने–‘ अहिले बुवा संक्रमण मुक्त भएर हामी सबैको प्ररणाको स्रोत बन्नु भएको छ । उहाँले हामी सबैलाई दिएको हौशलाको कारण आज सजिलै कोरोना जितेर घर फर्कन पाएका छौ ।’

जानकी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले सुरुमा सबैभन्दा बढी उमेरको जेष्ठ नागरिकलाई आईशोलेशनमा ल्याउदा आफुहरुलाई पनि के हुन्छ कस्तो हुन्छ भन्ने त्रास रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन