नेपाल रग्बीलाई पूर्ण सदस्यका लागि सिफारिस

काठमाडौं । रग्बीको एसियाली प्रशासकीय निकाय एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बीलाई सिफारिस गरेको छ ।

नेपालसहित इरान र लाओसलाई विश्व रग्बीको पूर्ण सदस्य राष्ट्र प्रदान गर्न एसिया रग्बीले सिफारिस गरेको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । एसिया रग्बीको कार्यकारी सदस्यसमेत रहेका अध्यक्ष घिसिङले विश्व रग्बीको पूर्ण सदस्यता पाएमा नेपालले देशभित्र रग्बीको खेलको विकासमा ठूलो फड्को मार्ने र अन्तर्राष्ट्रियस्तरमा पनि प्रदर्शन सुधार गर्ने विश्वास व्यक्त गरे ।

एसिया रग्बीका अध्यक्ष कसिस एल धलाईद्वारा जारी विज्ञप्तिमा नेपालसहित तीन राष्ट्रले विश्व रग्बीको पूर्ण सदस्यताका लागि सबै प्रक्रिया पु¥याएकाले सिफारिस गरिएको उल्लेख गरिएको छ । पछिल्ला समय रग्बीका विकास गर्दै आइरहेको नेपालले दुई वर्षअगाडि मात्र एसिया रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

नेपालले विश्व रग्बीको सदस्यताका लागि दिएको निवेदन आगामी नोभेम्बरसम्म सुनुवाइ हुने नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । एसियाका अध्यक्ष कसिसले नेपालसहित तीन राष्ट्रलाई पछिल्ला समय रग्बी विकासमा गरेको मिहिनेतप्रति बधाईसमेत दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कन दलले कहाँ गुमाए ?