सप्तरीमा यसरि गरियो काेराेना संक्रमितको शब व्यवस्थापन (फोटोफिचर)

फाइल तस्वीर

सप्तरी, राजविराज । प्रदेश १ स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणले निधन भएका सप्तरीका दुई जनाको शव नेपाली सेनाको टोलीले गृह जिल्लामा ल्याई व्यवस्थापन गरेको छ ।

सप्तरीको राजविराज नगरपालिका ७ निवासी ५५ वर्षिय व्यवसायी तथा नेपाल टेलिकम शाखा राजविराजमा कार्यरत राजगढ गाउँपालिका ६ का ५० वर्षिय कर्मचारीको विहीबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुबैको शव सप्तरी ल्याएर शुक्रबार यहाँस्थित भिम दल गणका उपसेनानी किरण श्रेष्ठ नेतृत्वको १४ सदस्यीय टोलीले व्यवस्थापन गरेको हो ।

राजविराज नगरपालिकाको समन्वयमा व्यवसायीको शव खाँडो नदीको बगर तथा कर्मचारीको शव राजगढ गाउँपालिकास्थित खोला किनारमा सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई व्यवस्थापन गरिएको प्रमुख सेनानी निरज भण्डारीले जानकारी दिए । व्यवसायीको शव बिहान ४ बजे तथा कर्मचारीको शव साँझ ७ बजे सेनाको एउटै टोलीले व्यवस्थापन गरेको गणले जनाएको छ ।

सप्तरीमा शनिबारसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ । यसरी मृत्यु भएका सबैको सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाई अन्त्येष्ठि गरिएको गणले जनाएको छ । यस्तै जिल्लामा हालसम्म संक्रमितको संख्या ८ सय ७० पुगेको छ । जसमध्ये ८ जना नेपाली सेना पनि छन् ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क