प्रदेश १ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु, ५४ संक्रमित थपिए

फाइल तस्वीर

मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना भाईरस (कोभिड १९) संक्रमीत को मृत्यु भएको छ । मृत्यु हुने सवै मोरङका हुन् ।

विराटनगर महानगरपालिकाका २ महिला र बुढीगंगा र धनपालथान गाउँपालिकाका १–१ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण प्रदेश १ मा शनिबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । ती मध्ये प्रदेश १ स्थायी ठेगाना भएका २७ जना रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश १ मा शनिबार थप ५४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । ती मध्ये मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेका छन् ।

मोरङका मध्ये विराटनगरका १४ महिला १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला ६ पुरुष, धरानका ४ महिला १ पुरुष, झापाको दमकका १ महिला २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ ।

यसगरी प्रदेश १ मा शनिबार १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म ९७ हजार २२१ जनाको कोरोना परीक्षण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ