घर घर र चोकमा सेनिटाईज गर्दै नेकपा कार्यकर्ता

मोरङ ।  कोरोना संक्रमितको केन्द्र बनेको विराटनगर महानगरपालिकाका घर घरमा पुगेर सेनिटाईज गर्ने काम हुन थालेको छ ।

नेकपाका बिभिन्न कमिटीले यतिबेला घर घर र भिड्भाड हुने चोक चोकमा पुगेर सेनिटाईज गर्ने काम गरिरहेको हो । कोरोना संक्रमितको घरमा पुगेर सेनिटाईज गरेको महानगर यतिबेला संक्रमितको घर घर पुगेर मनोबल बढाउने, र ईम्युनिटी पावर बढाउने औषधिजन्य सामाग्री वितरण गर्दै छ ।

यस्तै नेकपा विराटनगर ६ समितिले आइतवार वार्डका घर घर र चोक चोकमा सेनिटाईज गर्दै छ । वार्ड कमिटीका सचिव नारायण बरालले अहिले वडाका सवै घर र सेनिटाईज गर्ने अभियान चलिरहेको बताए । उनले यसपछी कोरोना संक्रमितलाई सामाजिक सहयोग उपलब्ध गराउन अभियान चालिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ