काठको विषयमा विवाद हुँदा झडप, प्रहरी निरिक्षक र हवल्दार घाइते

जनकपुरधाम । धनुषामा बाढीले बगाएर ल्याएको काठको विषयमा विवाद हुँदा प्रहरी निरिक्षक र प्रहरी हव्लदार घाइते भएका छन् । वटेशवर गाउँपालिका ५ शान्तिपुर मुसरीटोल स्थित राती करिब साढे १० वजे स १ त ६०४० नम्बरको ट्रक्टरमा वाढीले बगाएर ल्याएको काठ ओसारी रहेको खवर पाउन साथ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक दिपक कुमार राईको कमान्डमा गएको टोलीमाथि स्थानियहरुले आक्रमण गरेका छन् ।

काठलोड गरेको ट्याक्टर आफनो नियन्त्रणमा लिई फर्किने क्रममा करिब ६०–७० जानाको समुहमा आएका स्थानियहरुले ढुङ्गामुढा गर्न थालेपछि प्रहरी निरिक्षक दिपक कुमार राईको आखाँमा गम्भीर चोट लागेको छ भने प्रहरी जवान राम विश्वास पंडितलाई टाउकोको पछाडी भागमा फुटेको छ । प्रतिकारबाट घाइते प्रहरी निरिक्षक र प्रहरी जवानको महेन्द्रनगरस्थित हेल्थ केयरमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी नायव निरीक्षक एमडी मुस्तफाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगरस्थित एक क्लिनिकमा घाइते प्रहरी निरीक्षक र प्रहरी जवानको उपचार भइरहेको छ । प्रहरीको लाठी चार्जबाट घाइते स्थानीय तीनै जनाको उपचार रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । घाइते हुनेमा एक जना महिला रहेकी छन् ।

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीचबाट बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेका थिए । त्यहि गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबीच झडप भएका हो ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता