सिङ्गो गाउँ नै पहिरोको जोखिममा, १३ घर विस्थापित

इलाम । आफ्नो जग्गा त सबै पहिरोमा पर्यो । अर्काको जग्गा ठेक्क लिएर बसेको छु । रोङ गाउँपालिका ४ का भिम बहादुर मगर गह भरि आशुँ पार्दै बेदना सुनाउँछन् । उनको आफ्नो घरको आँगनमा पहिरोको चिरा–चिरा छ । चार वर्षअघि आफ्नो घर पहिरोको जोखिममा परेपछि छिमेकिको घरमा बस्दै आएका भिम बहादुर आफू बस्तै गरेको छिमेकिको जग्गा पनि पहिरोको जोखिममा परेपछि बिचल्लित बनेका छन् ।

रोङ ४ कै टेकबहादुर मगरको घर पनि पहिरोमा पर्यो । शारिरिक रुपमा अशक्त र परिवारमा कोहि पनि नभएको कारण एक्लो जीवन चलाइरहेका टेकबहादुर पहिरोले घर बगाएपछि घरबिहीन बनेका छन् ।

सोही ठाउँका नर बहादुर बस्नेत बुबाको नाममा भएको ६० रोपनि जग्गा पहिरोमा पर्यो अब घर बस्ने जग्गा पनि नभएको भन्दै आँखा भरि आँशु झार्छन । नर बहादुरको घरको पेटिमा पनि चिरा–चिरा भएर जमिन फाटेको छ । उक्त ठाउँकै खड्ग बहादुर राईको चार रोपनी, बल बहादुर मगरको तीन रोपनी, याम प्रसाद मगरको चार रोपनी र हस्तकुमारी मगरको तीन रोपनी जमिन पहिरोको चपेटामा छ ।

इलामको रोङ गाउँपालिका–४ प्युरेमा गएको पहिरोको कारण सिङ्गो गाउँनै जोखिममा छ । पहिरोले कतिबेला घर बगाउने भन्ने चिन्ताले वषौ वितिसकेको छ । करिब १ सय घरधुरी रहेको प्यूरे गाउँको एकपट्टिको पूरै भाग पहिरोले बगाइसकेको छ । जसमा २५ घर रहेकामा पहिरोले १३ घरपरिवार विस्थापित बनाई सकेको छ ।

२०६६ सालदेखि पहिरो जान शुरु गरेको थियो । पहिले बगुवा (पानी र माटो सँगै बगिरहने) बाट शुरु गएको पहिरो अहिले नियन्त्रण हुन नसक्ने अवस्थामा रहेको रोङ गाउँपालिका ४ का वडाध्यक्ष सूर्य बहादुर राई बताउँछन् । उनी भन्छन्, ‘यस वर्ष मात्रै चार घर पहिरोमा परे । अघिल्लो वर्ष सम्ममा ९ घर बगाएको जमिननै एक फुट भन्दा धेरै भासिएको छ ।’ यस वर्ष पहिरोको जोखिममा परेका चार घरलाई सोहि वडामा रहेको चन्द्रकला आधारभूत विद्यालयमा बसेका छन् । घर पहिरोमा परे पछि विद्यालयमा गएर बसे पनि पहिरो विद्यालय पनि जोखिममा रहेको स्थानीयको भनाई छ ।

गाउँपालिकाको बसोबास व्यवस्थापन समितिले गाउँपालिकामा प्रतिबेदन पनि बुझाईसकेको छ । पहिरोको जाखिम क्षेत्रमा रहेका मानिस पालिकाले जग्गा व्यवस्थापन गर्दा आफ्नो गाउँ नजिकै गर्नुपर्ने स्थानीयको माग भएका कारण पनि समस्या भईरहेका गाउँपालिकाका अध्यक्ष समशेर राईको भनाई छ । नजिकै गाउँपालिकाले जग्गा व्यवस्थापन गर्न खरिद प्रक्रिया झन्झटिलो हुन्छ । जग्गा खरिदका लागि संघीय मन्त्री परिसदले निर्णय गर्नुपर्ने हुन्छ । गाउँपालिकाले चाहेर पनि खरिद प्रक्रिया समस्यामा रहेको राईको भनाई छ ।

पहिले पहिरोमा परेका कति परिवार आफन्तकोमा छन त कति छिमेकमा टहरो बनाएर बसेको वडा अध्यक्ष बताउँछन् । हरेक वर्ष चुरे क्षेत्रका बासिन्दा पहिरोको चपेटामा पर्ने गर्छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा पनि चुरे क्षेत्रका बासिन्दा जोखिममा पर्ने गरेका छन् ।

गाउँपालिका तल्लो भाग प्यूरेमा गएको पहिरो वर्षेनि बढिरहेको कारण अहिले सिङ्गो बस्ती नै जोखिममा छ । २०६६ सालदेखि पहिरो खस्न शुरु गरेपनि ०७३ सालबाट पहिरोको क्षेत्र फराकिलो बन्दै गयो । पहिरो जाने क्रम अहिले पनि नरोकिएका कारण सिङ्गो बस्ती नै जोखिममा परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा