सर्लाही । सर्लाहीमा आज (बुधवार) विभिन्न पालिकाहरु गरी ११ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएको छ । थपिएको कोरोना संक्रमितहरु बरहथवा नगरपालिका, गोडैता नगरपालिका र चन्द्रनगर गाउँपालिकाको रहेको स्वास्थ्य कार्यालय,सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए ।
बरहथवा नगरपालिकामा ५ जना, गोडैता नगरपालिकामा ४ जना र चन्द्रनगर गाउँपालिकामा २ जना कोरोना संक्रमितहरु थपिएको हो । त्यस्तै मंगलवारको तथ्यांक अनुसार जिल्लामा रहेको कुल संक्रमितहरु मध्ये हालसम्ममा १ हजार ३७ जना संक्रमितहरु कोरोना जिति सकेका छन भने जिल्लामा रहेको सक्रिय कोरोना संक्रमितको संख्या अझै ८ सय २४ जना रहेको छ । त्यस्तै केहि सक्रिय कोरोना संक्रमितहरु बिरगंज, जनकपुर, काठमाडौँ लगायतको ठाउँमा उपचार गराइरहेको जनस्वास्थ्य निरीक्षक झाले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)






