इलाम । इलामको सन्दकपुर गाउँपालिका वडा नं. २ माइमझुवाबाट सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
प्रहरीले सूचनाको आधारमा जंगलको ओढारको एक स्थानबाट ४ थान र अर्को स्थानबाट तीन थान गरी सात थान बन्दुक बरामद गरेको प्रहरीको भनाई छ । तर स्थानीय स्रोतका अनुसार शिकार गर्नेबाट प्रहरी बरामत गरेको हो । स्रोतले भन्यो सन्दकपुर गाउँपालिका वडा नं. ५ जमूनाबाट बँदेलको शिकार गर्दै एउटा समूह माइमझुवा पुग्यो तर उनीहरुसँग भने बन्दुक थिएन ।
जमूनाबाट शिकारी आएको थाहा पाएपछि माईमझुवाका स्थानीय शिकारीहरु पनि बन्दुकसहित आएको र सामान्य विवाद जस्तो भएपछि बन्दुक बिनाका शिकारीहरु फर्केका थिए । सोही बेलाका प्रहरीले बरामद गरेको बन्दुक हुन सक्ने अनुमान छ । तर, प्रहरीले भने शिकारी पक्राउ नपरेको र बन्दुक ओढारबाट बरामद गरेको जनाएको छ । ओढारबाट बरामद गरिएको र सो बन्दुकहरु कसको हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।