इलाम । भारतबाट अवैध रुपमा नेपाल ल्याइँदै गरेको बिभिन्न सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले बरामद गरेको छ । कस्मेटीक आईटम, प्लाष्टिकका सामान, भाडा बर्तन , मोती माला गरी ९० हजार रुपियाँ बराबरको सामान इलामको पशुपतिनगरबाट बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको सामान सूर्योदय नगरपालिका २ चारमाईलबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी पशुपतिनगर भन्सारमा बुझाईएको छ । प्रहरी निरीक्षक राईले लकडाउनको समयमा भन्सार छलेर सामान ल्याउने क्रम जारी रहेकाले सीमा क्षेत्रमा निगरानी बढाईएको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)






