काभ्रेपलाञ्चोक । युवकलाई बन्धक बनाई फिरौती रकम माग्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
जिल्लाको पाँचखाल नगरपालिका वडा नं १२ तिनघरे घर भई हाल धुलिखेल न.पा. वडा नं. ४ स्थित २८ किलोमा डेरा गरी बस्ने र १९ वर्षीय आकाश परियार, उनकी २१ वर्षीया श्रीमती सविना तामाङ्गलाई बिहिबार र बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई धुलिखेल न.पा. वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियारलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार अपहरणकारीले भदौ २४ गते पाँचखाल नगरपालिकाका वडा नं. १२ देवभुमी घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई अपहरण गरी बन्धक बनाई ५० हजार रुपैयाँ माग गरेका थिए ।
पीडित राज कुमारलाई सबिना तामाङ्गले फोन सम्पर्क गरी भेट्न बोलाएकी थिइन् । सबिना र उमा दुवैले राजकुमारलाई धुलिखेल न.पा. ४ स्थित २८ किलोमा सँगै भेटे । सबिना तामाङ्गले राजकुमारीलाई जंगलतर्फ लगिन् । जंगलको एकान्त स्थानमा पुगेपछि उनीहरु कुराकानी गर्न थाले । उनीहरु कुराकानी गरिरहेकै क्रममा सबिनाका श्रीमान आकाशसँगै पुगेका केही व्यक्तिले राजकुमारलाई नियन्त्रणमा लिएर बन्धक बनाए । आफ्नो श्रीमतीसँग सम्बन्ध राखेको भन्दै घटना मिलाउन उनीहरुले राजकुमारसँग ५० हजार रुपैयाँ मागेका थिए । आफूसँग पैसा नभएपछि पैसाका लागि राजकुमारले घरमा खबर गरे । उक्त खबर राजकुमारको परिवारले प्रहरीलाई ग¥यो ।
अपहरण गरिएको खबर प्रहरीले प्राप्त गर्न साथ युवकको उद्दारका लागि प्रहरी टोली खटेको थियो । प्रहरीले रातको ११ ः ३० बजे युवकलाई सकुशल उद्धार गरेपनि अपहरणकारीलाई भने पक्राउ गर्न नसकिएको प्रहरीको जानकारी छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बनेपाले संयुक्त रुपमा अनुसन्धान गर्दै गर्दा सूचनाको आधारमा धुलिखेल नगरपालिका वडा नं ४ स्थित २८ किलोमा अपहरणकारी रहेको थाहा पाए ।
भदौ २५ गते सिभिल डे«समा अपहरणकारी खोजी गर्न उक्त स्थल पुगेका थिए । प्रहरी आएको थाहा पाएपछि अपहरणकारीले चोर आएको भन्दै प्रहरीलाई प्रहार गरी भागेका थिए । प्रहरीले हवाई फायर गरेर उनिहरु मध्ये आकाश र उनको श्रीमती सविनालाई राति नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको जानकारी छ । घटना ’boutमा थप अनुसन्धानको क्रममा भाद्र २६ गते शुक्रबार प्रहरीले उमा परियारलाई कोठाबाटै नियन्त्रणमा लिएको छ । उनका श्रीमान र भाई फरार भएका छन् ।
पक्राउ गरिएका अपहरणकारीलाई कानुन बमोजिम पक्राउ गरी “मुलुकी अपराध संहिता, २०७४“ को परिच्छेद–१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा शुक्रबार जिल्ला अदालतबाट म्याद थप अनुमती लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।






