बालिका बलात्कृतपछि बलात्कारीले भने, ‘आमालाई भनिस् भने मारिदिन्छु’

इटहरी । इटहरीमा एक बालिका बलात्कृत भएकी छिन् । इटहरी ५ की १२ बर्षीया बालिका गत मंगलबार बलात्कारको शिकार भएकी हुन् ।

बलात्कारपछि बालिकालाई एक सय रुपैँया दिएर फकाएको पीडितले बताएका छन् । ‘केटाकै कोठामा लगेर फकाइफुल्याई बलात्कार गरेको रहेछ,’ आइतबार विहान ईलाका प्रहरी कार्यालय इटहरी अगाडि भेला भएका पीडितका आफन्तले राजधानीसँग भने, ‘बुवा आमालाई भनिस् भने तँलाई नै मार्दिन्छु भन्ने धम्की समेत दिएको रहेछ ।’

पीडितका अनुसार भोजपुर स्थायी घर भएका अन्दाजी २४ बर्षीय प्रतीक राईले ती बालिकालाई बलात्कार गरेका हुन् । उनी केही समय अगाडिदेखि इटहरी ५ मा कोठाभाडामा बस्दै आएका थिए । ‘बलात्कारपछि ७२ घण्टे दबाई खानका लागि दिएको रहेछ । त्यसपछि यो घटना बाहिरियो,’ पीडित बालिकाका आफन्तले भने, ‘बच्चा पेटमा बस्न नदिनका लागि ७२ घण्टे दबाई खान दिएको रहेछ, बालिका निरन्तर रोएपछि घटना’bout हामीलाई पनि थाहा भयो ।’

बलात्कृत बालिकालाई राईकै कोठामा लगेको र बालिकाले रोईकराई गरेको भएपनि नजिकमा कोही नभएकाले उद्धार गर्न नसकिएको स्थानीयले जानकारी दिएका छन् । पीडितका अनुसार बालिकालाई पीडकले बहिनी भन्ने गरेको र राम्रै व्यवहार गर्दै आएपनि मंगलबार भने उनले बलात्कार जस्तो जघन्य अपराध गरेकाले कठोर कारबाही गर्नुपर्ने भन्दै पीडितले ईलाका प्रहरी कार्यालय इटहरीमा उजुरी समेत गरेका छन् ।

राई लामो समय अगाडिदेखि कोठामा एक्लै बसोबास गर्दै आएका थिए । ‘बुवा आमा र अरु कसैलाई घटना सुनाए तँलाई नै मार्दिन्छु, यो पैसाले चकलेट किनेर खानु भनेर एक सय रुपैँया दिएछ,’ पीडितले भने, ‘अहिले नानी डिप्रेसनमा गएकी छे, आखिर कहिलेसम्म सहने यस्ता घटना ?’

पीडक राई पक्राउ
बालिका बलात्कार गर्ने पीडक प्रतीक राईलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले भने केही दिन अगाडि भएको घटना बाहिरिएको र एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जानकारी दिए । ‘केही दिन अगाडि भएको घटना रहेछ, हामीले एक जनालाई नियन्त्रणमा लिएर म्याद थप गर्ने तयारी गरिरहेका छौँ ।’ उनले भने ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भईरहेको बताउँदै उनले पीडित बालिकालाई मेडिकलको लागि लैजाने तयारी भईरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन