इलाम । इलामको माई नगरपालिका २ सेली डाँडाका एक बालीकाको पोखरीमा डुबेर मृत्यु भएको छ । सोही ठाउँका बिनोद राईको १३ महिनाकी छोरी सबनम राईको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
दिउँसो १२ बजेको समयमा घर छेउमै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक चिलिएर पोखरीमा डुब्दा घाइते भएकी नावालिकालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक सूचना अधिकारी लालध्वज सूवेदीले जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)






