इन्टारनेट नचल्दा सेवाग्राही हैरान

इलाम । सूर्योदय नगरपालिका ८ कि पम्फा खालिङ जग्गा नामसारिको लागि आएकि थिइन् । लकडाउनले सार्वजनिक यातायात नचलेपछि गाडि रिजर्भ गरेर आइन् ।

उनले सोचेकी थिइन् धेरैबेरको काम हैन । चाँडै सकिन्छ । तर, मालपोत कार्यक्रममा इन्टारनेट नचलेपछि उनको काम रोकियो । घर फर्कौं कि बसौं दोधारमा थिइन् । ‘जाउँ भने इन्टारनेट चलेपछि छिट्टै काम हुन्छ । कुरेर बसौं इन्टारनेट चल्ने नचल्ने ठेगान छैन ।’ दुखेको पोखिन् ।

इलाम नगरपालिका ७ का याम चाँपागाईको पनि दुःख पम्फाको जस्तै थियो । जग्गा रोक्का र फूकुवाका लागि मालपोत कार्यलमा भेटिएका उनी कतिबेला इन्टारनेट चल्ला भनेर बसिरहेका थिए ।

बिहान १० बजे कार्यलय पुगेका चापागाँईको जग्गा रोक्का त भयो तर फूकुवा भने हुन सकेन । नेट नचलेकै कारण उनको पनि काम हुन सकेन । यी त प्रतिनिधि पात्र हुन् । मालपोत कार्यलय इलाममा आईतबार धेरै जनाले काम हुन्छ कि भन्ने आशै आशमा दिन बिताए ।

उनीहरु सर्बैको पर्खाई भनेको इन्टारनेट कतिबेला चल्छ र काम हुन्छ भन्ने नै थियो । आइतबार बिहान १०ः३० बजेदेखि इन्टारनेट अवरुद्ध हुँदा सेवाग्राही समस्यामा थिए । मालपोत कार्यालय इलामका कार्यालय प्रमुख केशव प्रसाद ढकालले कार्यालयमा बिहान साढे १० बजेबाटै इन्टारनेट नचल्दा सेवाग्राहीलाई समस्या परेको बताए । ‘हाम्रो कार्यलयमाको कारण हैन हाम्रोमा जडान गरेको इन्टारनेटको कारण समस्या आयो ।’ ढकालले भने इन्टारनेट चलिरहेको छैन भन्दै कतिपय सेवाग्राहीले गालि समेत गरेको ढकालको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा