जोखिम बस्ती तत्काल स्थानान्तरण गर

यो वर्षको वर्षायाम लम्बिएसँगै सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पहिरोले निकै ठूलो जनधनको क्षति गरेको छ । यो क्षति आफंैमा कहालीलाग्दो त छँदै छ, यससँगै समयमै अपनाउनुपर्ने आवश्यक सतर्कताको कमी हुन जाँदा यसले थप पश्चातापको भुमरीमा पनि पारेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का विभिन्न ठाउँमा पहिरो जाँदा ११ वटा शव भेटिएका छन् भने २० जना हराइरहेका छन् । जिल्लाको नागपुजे, डाँडागाउँ भीरखर्क र ताङ्सारमा पछिल्लोपटक निकै ठूलो असर पर्न गएको छ । त्यसो त सिन्धुपाल्चोक नेपालको सबैभन्दा उच्च जोखिममा रहेको क्षेत्र मानिन्छ । यो जिल्लासँगै देशभर बाढीले क्षति पु¥याएका अन्य १८ जिल्लामा पनि जनधनको ठूलो क्षति हुन पुगेको छ । २०७२ सालको भूकम्पसँगै नेपालका चिरा परेका स्थान र भूगोल खोज्दै जाँदा भूगर्वविद्द्वारा सिन्धुपाल्चोकसहितका अन्य भूकम्प बढी प्रभावित जिल्लामा रहेका धेरै बस्ती संकटमा रहेका र ती सबैलाई स्थानान्तरण गरिनुपर्ने सुझाव दिइएको थियो । यस’bout संघीय तथा स्थानीय सरकार पनि जानकार रहेका छन् । तर, समयमै यिनको व्यवस्थापन हुन नसक्दा अहिलेको अवश्यंभावी क्षति बेहोर्नुपरेको छ ।

आफंै त नेपालको भौगर्भिक बनोट अत्यन्तै कच्चा छ । यो ज्वालामुखी फुटेर बनेको होइन । बरु एकताका चीनको तिब्बतीय प्लेट र भारतको युरेसियन प्लेट बीचमा रहेको टेथिस सागर मासिन गई बनेको हो । यी दुवै प्लेट एकापसमा जुध्न जाँदा टेथिस सागर माथि उठी हिमालयसहितको भाग निर्माण हुन गएकाले यो निकै बुर्बुराउँदो र कच्चा रहेको छ । यहाँ रहेका भूधरातल अत्यन्तै कमजोर र सलसली बग्ने प्रकृतिका छन् । त्यसमा पनि सिन्धुपाल्चोकको बाहिरी सतहको माटो अत्यन्तै नरम, बलौटे र बुर्बुराउँदो छ । यो खेतीका लागि अति उत्तम माटो भए पनि मानवबस्तीका लागि भने निकै जोखिमपूर्ण छ । यति कच्चा जमिनमा २०७२ सालको भूकम्पले चिरा र धाँजा पारेपछि त्यहाँ रहेका मानवबस्ती निकै जोखिमको अवस्थामा रहेका छन् । भूकम्पपछि सर्भेमा गएका टोलीसँगै स्थानीयले पनि यो जोखिम आफ्नै नाङ्गा आँखाले देखेका र अवश्यंभावी खतरा’bout बोलेका पनि थिए । सम्बन्धित सबै पक्ष र सरोकारवालाको यस’boutमा समयमै चासो पनि व्यक्त भएको थियो । तर, कार्यान्वयनको प्रक्रियामा ढिलाइ गरिँदा आजको यो दुर्दशा निम्तन पुगेको छ ।

सिन्धुपाल्चोकलगायतका देशभरका उच्च जोखिममा रहेका स्थानको पहिचान भइसकेको छ । यी बस्ती अन्य मौसमका बेला बस्न र चर्चिन योग्य र अनुकूल भए पनि बर्सात्को समयमा भने प्रतिकूल नै हुन्छन् । नेपालमा घर र गोठ वा गाउँ र बुकी गरी हिउँद र वर्षामा भिन्न ठाउँमा बस्ने चलन पनि छ । यस्तो प्रचलन रहेका ठाउँमा यस्ता जोखिममा रहेका बस्तीबाट अलि टाढाका सुरक्षित स्थानमा ती बस्ती हिउँद र बर्खाका लागि हुनेगरी दुई पायक बनाएर बस्ती बसाउन सकिन्छ । नेपालमा वैकल्पिक बस्ती बसाउनका लागि अन्य देशमा झैं त्यति ठूलो समस्या पनि देखिँदैनन । हामीले आफ्नो नेपालीपन र सामाजिक आर्थिक गतिविधिका विशिष्टतालाई गहिरो गरी बुझ्न र स्थानीय जनतासँग तिनको मर्मबोध गर्नेगरी गहिरो अन्तक्र्रिया थालनी गरेमा त्यसको हल पनि स्थानीय जनताले नै दिन्छन् । यसमा रत्तिभर आशंका छैन । त्यसैले, स्थानीय जनतासँग छलफल गरी त्यसलाई स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारको संयोजनकारी पहलमा हल गर्न प्रयास गर्नु जरुरी छ । उच्च जोखिमका बस्तीहरूलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न ढिलाइ नगरौं ।

तपाइको प्रतिक्रिया
(Visited 461 times, 1 visits today)

epaper

ताजा समाचार

फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार