Saturday, September 25, 2021
Your Ads Here
Homeबिचारनेकपालाई शुभकामना

नेकपालाई शुभकामना

,
sharethis

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भदौ २६ गते सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । तत्कालीन नेकपा एमाले र माओवादी (केन्द्र)बीच दुई वर्ष अघि एकता भएपछि एकता महाधिवेशन हुने भएको हो । यसैगरी बैठकले महाधिवेशनका लागि आवश्यक तयारी गर्न आगामी कात्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकमा महाधिवेशन आयोजना गर्न दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिकालगायत समग्र कार्ययोजना प्रस्तुत गरिनेछ ।

बैठकले लामो समयदेखि विवादित बन्दै आएको अध्यक्षद्वयको कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकले गत मंसिर ४ गते पार्टी अध्यक्षहरूका बीच कार्यविभाजन सम्बन्धमा भएको निर्णयलाई अझ स्पष्ट पारेको बताइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढंगले सफल पारी त्यसको नेृतत्व गर्ने निर्णय बैठकले गरेको हो । निर्णयअनुसार अध्यक्ष ओली प्रतिनिधिसभाको कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारको नेतृत्व र काममा केन्द्रित हुनेछन् । त्यस्तै, अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्षको कार्यकारी अधिकारसहित पार्टीको कामको नेतृत्व गर्नेछन् । निर्णयअनुसार उनी पार्टीका बैठकको सञ्चालन, निर्णयको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित रहने छन् । सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन हुनेछ । सरकारको दैनिक काममा पार्टीले कुनै हस्तक्षेप गर्नेछैन । आधारभूत नीति र राष्ट्रिय महŒवको विषयमा निर्णय लिँदा पार्टीको मार्गनिर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय लिनुपर्ने स्थायी कमिटीको निर्णय छ । दुई अध्यक्षले पार्टी र सरकारको कामलाई संस्थागत रूपमा अघि बढाउन समन्वय गर्नुपर्ने निर्णय पनि भएको छ ।

पार्टीमा लामो समयदेखि जारी आन्तरिक विवाद समाप्त भएको बताइएपछि नेकपामा नयाँ उत्साह छाएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी कामलगायतका विषयमा विगत लामो समयदेखि जारी सबै विवाद यो बैठकसंगै किनारा लागेको बताइन्छ । यिनै विवादका कारण पार्टी गुट उपगुटमा विभाजन भएको थियो । पार्टी झन्डैझन्डै विभाजनको अवस्थामा समेत पुगिसकेको थियो र यसप्रति शुभेच्छुक तथा समर्थक सबैबाट चिन्तासमेत जनाइएको थियो । तर, बैठकमा प्रस्तुत पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको १५ बुँदे प्रस्तावले पार्टीभित्र देखिएका सम्पूर्ण समस्या समाधान भएको बताइएको छ । यो निर्णयपछि पार्टी र सरकारमा नयाँ ऊर्जा प्राप्त हुने र सरकार तथा पार्टी दुवै सहज ढंगले अगाडि बढ्ने अपेक्षा राजनीतिक विश्लेषक तथा बुद्धिजीवीको छ ।

अध्यक्षद्वयबीच कार्यविभाजनमा समस्या हुँदा सरकार र पार्टी दुवैको काम प्रभावित भएको थियो । यही कारण न सरकार राम्ररी चल्न सकेको थियो न त पार्टी नै । अध्यक्ष तथा प्रधानमन्त्री ओलीको स्वेच्छाचारिता सरकार र पार्टी दुवैतिर हाबी भयो । उनीमाथि विधि र पद्धतिको वेवास्ता गर्दै आफूखुसी गरे भन्ने आरोप लाग्दै आएको थियो । यहाँसम्म कि ओली उस्तै परे पार्टी नै फुटाउने तयारीमा लागेको र उनकै निर्देशनमा ‘नेकपा एमाले’ नामक पार्टी दर्ता गरिएको भन्नेसम्मका चर्चा चलेका थिए । पछिल्लो सहमतिले चाहिँ अब सबै समस्याको समाधान हुने अनुमान नेकपा समर्थकको छ । अध्यक्षको कार्यविभाजन स्पष्ट भएपछि पार्टी र सरकारलाई नयाँ ऊर्जा प्राप्त हुने र पार्टी तथा सरकार सञ्चालन गर्न सजिलो हुने आशा गरिएको छ ।

सत्तारूढ दलको आन्तरिक किचलोको मूल्य मुलुक र जनताले चुकाउनु नपरोस्, नेता कार्यकर्ता सबैमा नयाँ ऊर्जा थपियोस्

सबैलाई जानकारी भएकै विषय हो, पहिलो संविधानसभा निर्वाचनमा अनपेक्षित स्थान हासिल गरेको माओवादीले दोस्रोपटकको संविधानसभा निर्वाचनमा अनपेक्षित पराजय भोग्यो । त्यसपछि उसले बहानाबाजी ग¥यो । निर्वाचन परिणाममाथि नै प्रश्न उठाउने धृष्टता ग-यो । तर, अन्ततः परिणाम स्विकार्न बाध्य भयो । जब संविधान जारी भयो, त्यहाँसम्म आइपुग्दा ऊ उसको वास्तविक हैसियतमा आइसकेको थियो । त्यहाँसम्म आइपुग्दा अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीसँगै आफ्नो अस्तित्वसमेत संकटमा पर्दै गएको महसुस हुन थालेको थियो, माओवादी (केन्द्र) नामक पार्टीका अध्यक्ष उनलाई सशस्त्र द्वन्द्वका समय सँगै रहेका नेताहरू एकपछि अर्को गर्दै आफूबाट टाढा हुन थालेपछि पार्टीको अस्तित्व त संकटमा प¥यो नै आफ्नासामु समेत संकट उत्पन्न भइसकेको आभास भएको थियो । यस्तो अवस्थामा पुगेपछि कहाँ जाँदा आफू जोगिन सकिन्छ, कसको आड लागे गुम्न लागेको प्रतिष्ठा जोगाउन सकिन्छ भन्ने सोचमा परेका दाहाल कहिले नेकपा (एमाले) र कहिले कांग्रेस निकट भएर आफ्नो अस्तित्व जोगाउन प्रयत्नरत रहे । व्यवस्थापिका संसद्मा उनको पार्टीलाई प्राप्त स्थान पनि त्यस्तै खालको थियो ।

संविधान जारी भई स्थानीय तहको निर्वाचन हुँदा ठाउँठाउँमा नेपाली कांग्रेससँग गठबन्धन गरेका उनले प्रदेश तथा संघीय संसद्को निर्वाचनमा भने सत्ता साझेदार नेपाली कांग्रेसबाट टाढिँदै तत्कालीन नेकपा (एमाले)सँग चुनावी गठबन्धन गर्न पुगे । यो उनको अस्तित्व रक्षाकै रणनीतिअन्तर्गतको चाल थियो । उता तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चाहिँ जसरी पनि सत्तामा पुग्ने र त्यसका लागि कांग्रेसबाहेक जो कसैसँग गठबन्धन गर्न तयार भएर बसेका थिए । यसरी दुवैका स्वार्थ मिलेपछि जे होला, देखाजाला भन्ने शैलीमा हठात् दुई वाम दल, जसको विचार, सिद्धान्त र आदर्शमा आकाश र जमिनको भिन्नता थियो । चुनावी गठबन्धन हुँदै एकता घोषणा गर्न पुगेका कुरा पनि जगजाहेर नै छ ।

यद्यपि, आफूलाई वामपन्थी भन्ने दलहरूबीचको एकता हुनु अन्यथा होइन र थिएन पनि । तर विचार, सिद्धान्त र मान्यता नै नमिल्ने दलहरूबीचको एकता आफैंमा अस्वाभाविक थियो र यो एकता वास्तवमा प्राकृतिक पनि थिएन । यसैले नै एकता भएपछि पनि पार्टीभित्र आन्तरिक एकताको अनुभूति हुन सकेन । तथापि, संसदीय निर्वाचनमा अपेक्षा गरेभन्दा राम्रो परिणाम आउनु ठूलो सफलता थियो । यसो हुँदाहुँदै पनि एकीकृत भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको यस पार्टीको आन्तरिक व्यवस्थापनमा कमजोरी देखियो । एकताको घोषणा त गरियो तर झन्डै साढे दुई वर्ष भइसक्दा पनि सबैतिर हिस्सेदारी माग्ने र दिनेलिने क्रम जारी नै छ । परस्पर अविश्वास र आशंका कायमै छ । यसले पार्टी वास्तवमा एक नभएको देखिन्छ । यसैको परिणाम यस अवधिमा पार्टी पटकपटक दुर्घटनाको सम्मुख पुगेको हो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माफिया, तस्कर र बिचौलियाको सलबलाहट

आन्तरिक कलह साम्य पार्ने उद्देश्यका साथ बसेको पछिल्लो स्थायी कमिटी बैठकमा बसाइ नै परिवर्तन गरिएको थियो । कार्यकारीको भूमिका बढाउने प्रस्तावसँगै नेकपाको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको बस्ने ठाउँ पनि परिवर्तन गरी उनलाई केन्द्रमा राखिएको थियो भने उनको दायाँतिर अध्यक्ष ओली र वरिष्ठ नेता झलनाथ खनाल अनि बायाँतिर वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम बसेका थिए । सरकारले गरेका थुप्रै निर्णयप्रति पार्टीका फरक मत राख्ने नेताहरूमा असन्तुष्टि छ । यतिन्जेल दाहाल, नेपाल र खनाल एकातिर थिए । सचिवालयमै आफ्ना पक्षमा लगभग कोही नरहने अवस्था आएपछि प्रधानमन्त्री ओलीले बैठक छल्दै र स्थगित गर्दै आएका थिए । बसेका बैठक पनि ठोस निर्णयमा पुग्न सकिरहेका थिएनन् । किनकि ओलीले त्यसलाई महŒव दिँदैनथे । निर्णयविहीन बैठकहरूको शृंखलापछि अन्तरकलह छताछुल्ल भएको थियो ।

पछिल्लो बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोध पूर्ण रूपमा समाधान गरेको र पार्टी एकतालाई नयाँ उचाइमा पु¥याएको बताए । देशीविदेशी तŒवले पार्टीलाई कमजोर बनाउने र तोडफोड गर्ने चाहना राखेकामा त्यसलाई असफल बनाएको पनि ओलीको भनाइ थियो । ज्ञातव्य छ, पार्टीभित्र आफ्नो राजीनामा मागिँदा ओलीले भारत र भारतीय राजदूतलाई समेत आफूलाई पदमुक्त गर्न षड्यन्त्र गरेको आरोप लगाएका थिए । अध्यक्ष दाहाल बैठकपछि निकै उत्साहित देखिएका छन् । उनले आफूहरूबीच भएको सहमति र आएको प्रस्ताव नै पार्टी बचाउने सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् । दाहालले ‘दुई अध्यक्षबीच छलफल नगरेर बैठक बोलाउँदा त्यसले गतिलो परिणाम नदिने पाठ स्थायी कमिटीको यो बैठकले दिएको’ भन्दै ‘केही महिना पार्टी एकताको कुरा गर्दागर्दै पनि परिस्थितिले टुटफुटको डिलमै पु¥याएको’ मात्र बताएनन् । उनले ‘मुलुकलाई मध्यावधितिर, संकटकालतिर लान सक्ने खतरा थियो’ पनि भने । उनले ती सबै सम्भावनाबाट अगाडि बढेर र परिस्थितिको समीक्षा गरेर पार्टीलाई बचाइएको भन्दै केन्द्रीय कमिटीको बैठक पछि नयाँ ठाउँमा प्रवेश गर्ने धारणा राखेका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेकपाका नेताहरूको अहिलेसम्मको चाहनालाई हेर्दा ओली सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्न चाहन्छन् । पुष्पकमल दाहाल आफू कसरी शक्तिमा पुग्ने भन्नेमा केन्द्रित छ । नेता नेपाल पार्टीमा विधि र पद्धति कायम होस्, पार्टी कसैको व्यक्तिगत चाहनामा नचलोस् भन्ने माग राख्दै आएका छन् तर उनको गुट ओलीको तीव्र विरोधमा छ । झलनाथ खनाल मौनजस्ता देखिए पनि बेलाबेलामा उनी पनि पद्धतिका कुरा उठाउँछन् । वामदेव गौतमको ढुलमुले नीति देखिन्छ गंगा आए गंगाराम, जमुना आए जमुनादास, उनलाई अवसर चाहिएको छ । नारायणकाजी प्रतिनिधिसभामा पराजित भएर पनि राष्ट्रिय सभामा निर्वाचित भई पुगेपछि ढुक्क छन् । यसरी नेताका आआफ्नै स्वार्थ र चाहना छन् । यस्तो अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर लैजाने कुरा कम चुनौतीपूर्ण छैन । हिजोसम्म आफूले अधिकार नपाई नाम मात्रको अध्यक्ष भएर चित्त बुझाउनुपर्दा दाहालको माधव नेपालसँगको याचना र सहकार्य सबैले बुझेकै कुरा हो, अब मंसिर ४ को निर्णय कार्यान्वयनमा जाने भएपछि नेपाल–दाहाल सम्बन्धले कुन मोड लिन्छ त्यो अनुमान गर्न कठिन छ ।

सहमति त भयो तर अझै पनि पार्टीले सरकारलाई चलाउला कि फेरि पनि उस्तै चाला होला यसै भन्न सकिने अवस्था छैन । यसको कारक हुन् ओली र उनको पछिल्लो समयको कार्यशैली अनि उनमा देखापरेको स्वेच्छाचारी चरित्र । के अब ओली पुरानो शैली परिवर्तन गर्लान् त ? यसमा धेरैको आशंका छ किनकि सम्पूर्ण शक्तिको एकल प्रयोगको बानी परिसकेको मान्छे आफ्नो शक्ति कम हुँदा छट्पटिन्छ मुलुकको कार्यकारी शक्ति प्रयोग गरिरहेको व्यक्तिले प्रयोग गरिसकेको र गरिरहेको अधिकार छाड्ला भन्ने आशा गर्नु बेकार हुन सक्छ ।

अन्त्यमा, यतिन्जेल काम भएका भए मुलुक साँच्चिकै समृद्ध हुने दिशातर्फ लागिसकेको हुन्थ्यो । तर, समृद्ध नेपाल सुखी नेपालीको नारा दिएको नेकपा स्वयं आन्तरिक कलहबाट बाहिर निस्कन नसक्दा मुलुक अलमलमा रह्यो । जनताले थप पीडा भोग्नुपयो । जनतामा निराशा उत्पन्न भयो । शक्तिले स्वेच्छाचारिता बढाउँदो रहेछ भन्ने महसुस हुन गयो । यतिन्जेल जे भयो भयो, आत्मसमीक्षा गर्नुपर्छ र अब सुध्रिऊँ भन्नुपर्छ नेताहरूले । विकास र समृद्धिको कुरा गर्ने हो भने शक्तिशाली वर्तमान सरकारको पाँच वर्षे कार्यकालको आधा समय बेकार नै बितेको छ । विगतमा प्रारम्भ भएका परियोजनाको प्रगतिलाई आफ्नो उपलब्धिका रूपमा लिनु भिन्नै कुरा हो । नयाँ काम थालेर त्यसमा वाहवाही कमाउने काम सरकारबाट भएको छैन ।

प्रधानमन्त्रीले शक्ति हत्याउने र सत्तामा टिक्ने प्रयत्नमै धेरै ठूलो समय खर्चे । आआफ्ना कमजोरी स्वीकार गर्दै पछिल्लो सहमति भएको सन्दर्भमा अबका दिनमा नेकपाको घरझगडा साँच्चिकै साम्य हुनेछ र मुलुकले समृद्धिको दिशातर्फ फड्को मार्नेछ भन्ने अपेक्षा गर्नु अस्वाभाविक हुनेछैन । तर, विवाद र असहमतिको यो कालखण्डले राजनीतिक नेतृत्वप्रतिको सम्मान समाप्त गरिदियो । यसको जिम्मेवारी सम्बन्धित नेताले नै लिनुपर्छ । अब त्यस्तो नहोस्, अब सहमतिविपरीत अघि बढ्ने दुस्साहस कसैले, कुनै गुट पक्ष वा कुनै शक्तिशाली नेताले नगरोस् र सत्तारूढ दलको आन्तरिक किचलोको मूल्य मुलुक र जनताले चुकाउनु नपरोस्, नेता कार्यकर्ता सबैमा नयाँ ऊर्जा थपियोस् भन्ने कामना गर्नु उचित नै हुनेछ । पछिल्लो निर्णय र सहमतिले पार्टी नेतृत्वलाई देश र जनताका पक्षमा काम गर्न सहयोगी बनोस् । नेकपालाई शुभकामना !

तपाइको प्रतिक्रिया

(Visited 156 times, 1 visits today)

आजको समाचार

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

साताका लोकप्रिय समाचार

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

अब माओवादी केन्द्रमा पनि अध्यक्ष र पदाधिकारी चयन निर्वाचनबाटै

  काठमाडौं । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी...

चीन तर्फका नाका बन्द हुँदा खर्कमै बुढा भए नेपाली चाैंरी

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका -७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चाैंरी थिए। तर अहिले उनीसँग चाैंरीकाे संख्या ६४ पुगेकाे छ । शेर्पासँग...

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

ट्रेन्डिङ

श्रम स्वीकृति दिन थालियो

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिने काम सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को गत ७...

बारामा १० वर्षे बालक एक्लै क्वारेन्टाइन बसेर घर फर्किए

सिमरा । बारा निजगढका निमा थिङका बुवाआमा ललितपुरको ठेंजु हनुमान इँटाभट्टामा काम गर्थे । भट्टा नजिकैको श्री ब्राह्मणी आधारभूत विद्यालयमा उनी कक्षा १ मा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)