भोजपुरमा ३ प्रहरी र थुनुवासहित थप पाँच जनामा संक्रमण पुष्टि

भोजपुर । बुधबार प्रहरीसहित थप पाँच जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी, एक थुनुवा र राष्ट्रिय बाजिण्य बैंकका कर्मचारी सहित पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

संक्रमति हुनेमा ४९, ३९, ३३, २८ र २७ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिए । गत २५ गते विहिबार बैंकका कर्मचारी सहित तीन जनामा कोरोना देखिएपछि उनीहरुको यात्रा विवरणको आधारमा गरिएको पिसीआर परीक्षणमा बुधबार थप पाँच जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेका सहित १०१ जनाको स्वाब संकलन गरी विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएकोमा ९६ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । हाल सम्म भोजपुरमा २५ जनामा कोरोना देखिएकोमा ९ जना निको भएर घर फर्किसकेका छन् । १६ जना आइसोलेसनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ