Saturday, September 26, 2020
Home प्रदेश प्रदेश १ महिला अधिकारकर्मी राईलाई कोरोना संक्रमण

महिला अधिकारकर्मी राईलाई कोरोना संक्रमण

धनकुटा । धनकुटाकी महिला अधिकारकर्मी शुक्री राईलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा महिला पुनस्थापना सेवा केन्द्रकी उपाध्यक्षसमेत रहेकी ४२ बर्षीया राईमा कोरोना संक्रमण पुष्टि भएको हो ।

केही दिन अघि बिराटनगरस्थित कोशी अस्पतालबाट फर्किएकी राईको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । धनकुटामा बलात्कृत १४ बर्षीया बालिकालाई सुत्केरी गराउँनका लागि राई कोशी अस्पताल गएकी थिईन् । बिराटनगरबाट फर्किएपछि धनकुटा–७ स्थित महिला पुनस्थापना केन्द्रमा ‘होम क्वारेन्टाईन’ बसेका राईसहित तीन जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा सुत्केरी बालिकासहित दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकी राईको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य रुघा र घाँटी खसखस गर्ने समस्या देखिएको राईले बताईन् । ‘दुई दिन अघि सामान्य रुघा लाग्यो, घाँटी पनि खसखस भएको थियो, अहिले सुधार हुँदै गएको छ ।’ उनले भनिन् ।

यो पनि पढ्नुहोस   आफ्नै बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

केही दिन अघि धनकुटा–६ मा संक्रमण पुष्टि भएकाको कन्ट्राक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी धरान पठाईएकाहरुको रिपोर्ट पनि नेगेटिभ आएको छ । पछिल्लो पटक ४१ जनाको स्वाब संकलन गरी पठाईएको मध्ये राईको मात्र रिपोट पोजिटिभ आएको हो । योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ४५ पुगेको छ । जसमध्ये ४० जना निको भएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

यसैबीच धनकुटाको औद्योगिक ग्रामस्थित आईसोलेशनमा रहेका पाँच जना पनि कोरोनामुक्त भएका छन् । उनीहरुलाई बुधबार डिस्चार्ज गरिएको छ ।

(Visited 53 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका...

रौतहटमा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

भर्खरै

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक...

सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

राजविराज । कोरोना संक्रमणबाट सप्तरीको तीन जनाको लगातार मृत्यु भएपछि जिल्लामा अझै त्रास थपिएको छ । पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२...

नेपालको अर्थतन्त्र सकारात्मक, चालू खाता र शोधनान्तर बचतमा

काठमाडौं । अर्थतन्त्रका दुई सूचक सकारात्मक देखिएका छन् । सरकारको साउन महिनाको तथ्यांकअनुसार चालू खाता र शोधानान्तर स्थिति बचतमा देखिएको हो ।  नेपाल राष्ट्र...

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने,...

धेरै पढिएका

बुद्ध नेपालमा जन्मेको विषयमा कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय

काठमाडौं । भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकामा कुनै शंका नरहेको प्रस्ट पारेको छ ।
यो पनि पढ्नुहोस   पहिरोले इलामको माङसेबुङका २ परिवार विस्थापित
मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले...

अन्तर्राष्ट्रिय वादोकपमा नेपाललाई ९ स्वर्ण

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्णसहित ११ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले आयोजना...

३४ करोड ऋणमा सांस्कृतिक संस्थान

काठमाडौं । सरकारले मुलुकको कला संस्कृति संरक्षण र प्रवद्र्धनका लागि पाँच दशकअघि स्थापना गरेको...

कोरोनासम्बन्धी नीति निर्माणमा महिला सहभागिता गराउन आदेश

काठमाडौं । कोभिड–१९ को रोकथामसँग सम्बन्धित कुनै पनि छलफल, योजना निर्माण, व्यवस्थापन, अनुगमनलगायत निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश...

ई-पेपर

(Visited 63 times, 1 visits today)