Saturday, January 23, 2021
Home प्रमुख ६ महिनापछि आजबाट लामो दुरीका सवारी साधन सञ्चालन

६ महिनापछि आजबाट लामो दुरीका सवारी साधन सञ्चालन

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि खुल्ने भएका छन् ।

मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै यातायात व्यवसायी र मजदुरहरू बिहीबारबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्न तयार भएका हुन् ।

सरकारले बिहीबारबाट लामो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगे भेट गरेका थिए । भेटपछि उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यातायात सञ्चालन गर्न दिने निर्णयप्रति सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

चालक, सहचालक, परिचालक, बुकिङका कर्मचारीलाई मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजकलगायतका स्वास्थ्य उपकरण अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध

यसअघि पनि महासंघ र यातायातसम्बद्ध तीनवटै ट्रेड युनियनले मन्त्री नेम्वाङलाई भेटेर १ असोजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । १ असोजदेखि सवारी साधन सञ्चालन गर्न नदिए एकलौटी रूपमा सञ्चालन गर्ने चेतावनी समेत उनीहरूले दिएका थिए ।

व्यवसायीहरूले बिहीबार बिहानसम्म बस सञ्चालनको कार्यविधि उपलब्ध गराउन पनि माग गरेका छन् । यसअघि मन्त्रिपरिषद्ले लामो दुरीका सवारी साधन खुला गर्दै कार्यविधि बनाउने जिम्मा भौतिक तथा यातायात मन्त्रालयलाई दिएको थियो । बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने निर्णय भएको छ । सिटबाहेक अन्यत्र यात्रु राख्न पाइनेछैन ।

यो पनि पढ्नुहोस   विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

यात्रुले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ । यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र भित्र अनिवार्य रूपमा सेनिटाइजर राख्नुपर्नेछ । चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाएको हुनुपर्नेछ । दैनिक रूपमा बस डिसइन्फेक्ट गर्नुपर्नेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायत मजदुर संघका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले तोकेको भाडादर लिएर स्वास्थ्य मापदण्ड पूरा गरी सवारी साधन चलाउन अनुरोध गरेका छन् ।

उनीहरूले चालक, सहचालक, परिचालक, बुकिङका कर्मचारीलाई मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजकलगायतका स्वास्थ्य उपकरण अनिवार्य रूपमा प्रयोग गर्न पनि अनुरोध गरेका छन् ।
श्रमिकको कोरोना बिमा गर्न बाँकी रहेका कामहरू सबै कम्पनीहरूले तत्काल गर्न गराउन पनि विज्ञप्तिमा भनिएको छ ।

यता, यातायात व्यवसायीले नियमअनुसार सवारी चलाए नचलाएकाबारे यातायात व्यवस्था विभाग, यातायात कार्यालय र ट्राफिक प्रहरीले अनुगमन गर्ने भएका छन् । नियम उल्लंघन गरेको पाइएमा कारबाही हुने ट्राफिक प्रहरीले जनाउँदै आएको छ ।

(Visited 205 times, 1 visits today)
Loading comments...

आजको समाचार

एक नवीन क्रान्तिको खाँचो !

हालको राजनीतिक आन्दोलन एक जना प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री बनाउने उद्देश्यमा केन्द्रित देखिन्छ । न्यायसम्मत बहस अदालतको हातमा छ, मात्रै यसभित्रको एउटा भाष्यले पिरोल्छ...

दुवाथनल सिरिज कीर्तिपुरमा

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा जम्प नेसनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोस्रो संस्करण माघ १० गते शनिबार काठमाडौस्थित कीर्तिपुरको जखामा हुने भएको...

कर्णाली जाग्दा देश नै जाग्छ : माधव नेपाल

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताएका छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा...

जितबहादुर पुरस्कृत

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आयेजना गरेको दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

साताका लोकप्रिय समाचार

निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ बैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

धनकुटाकी कोरोना संक्रमित बृद्धाको मृत्यु

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक बृद्धाको आज बिहान धरानमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ ।
यो पनि पढ्नुहोस   राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना इजलासमा पेश
प्रधानमन्त्रीको...

ट्रेन्डिङ

अब पालो हल्ककी बहिनीको

दि तपाईं अंग्रेजी फिल्म, खासगरी मार्वेल सिनेमेटिक युनिभर्सबारे चासो राख्नुहुन्छ भने ‘हल्क’को अर्थ त पहिल्याइ रहनै परेन । अब यो सोच्नूस्, के हुन्छ ?...

इलाम फाकफोकथुममा मंसिर १४ बाट विद्यालय खुल्ने

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय...

सम्पादकीय : जरुरी नागरिक अनुशासनको

कोरोना संक्रमण रोकथाम र नियन्त्रणको पछिल्ला प्रयासमा नागरिक अनुशासनको विषय पनि जोडतोडका साथ उठ्न थालेका छन् । पहिले सरकार, स्वास्थ्यसँग सम्बन्धित निकाय र स्वास्थ्यकर्मीहरूसँग...

जुम्लामा अनसनरत डा.केसीको स्वास्थ्य स्थिति बिग्रँदै

जुम्ला । जुम्लामा एक सातादेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ६ स्थित बाबिरा मन्दिरमा आफ्नो...

प्रचण्डको इशारामा सर्लाहीका एसपीद्वारा प्रभु साहविरुद्ध षड्यन्त्र

जलेश्वर । नेपाल कम्युनिष्ट पार्टी (नेपाल–प्रचण्ड) समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इशारामा सर्लाहीका प्रहरी प्रमुखले नेकपा प्रदेश २ का अध्यक्ष तथा शहरी विकास मन्त्री...

तोडिनैपर्छ माफिया र बिचौलियाको जालो

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुनेक्रममा अहिले एकाएक राजनीतिले नयाँ मोड लिन पुगेको छ । सत्तारूढ दल नेकपामा देखिएको आन्तरिक झगडा र किचलोका कारण...

मानव अधिकार उल‌ंघन गर्ने २ सय ८६ जनाको नाम सार्वजनिक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २० वर्षको अबधिमा गम्भीर मानवअधिकार हननको घटनामा जोडिएकाहरुको नाम सार्वजनिक गरेको छ । आयोगले बीस वर्षको अबधिमा १...

‘लकडाउन’ अवज्ञा गर्ने ८० जनालाई पक्राउ गरेर खेल मैदानमा राखियो

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपामा लकडाउन उललघंन गरेपछि ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेको बनेपामा बिना काम हिड्ने ८०...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

कार्यक्रम ‘खेलौं जुहारी’ को प्रसारण सुरु

काठमाडाैं। युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

धेरै पढिएका

भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही जनवरी १६ मा पहिलो चरणको...

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

दिल्लीद्वारा सन्दीप फुकुवा

आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन्...

समुदायमा प्रभावकारी सेवा दिँदै प्रहरी, चुस्त बन्दै सिन्धुपाल्चोकको शान्ति सुरक्षा

सिन्धुपाल्चोक । भौतिक सम्पन्नतासँगै जनशक्तिको पनि व्यवस्थापन हुँदै गएपछि जिल्ला प्रहरी कार्यालयले जिल्लाको शान्ति सुरक्षालाई चुस्त र सुदृढ बनाउँदै लगेको छ । भुकम्पमा ढलेका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)