आशा लघुवित्तले १५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १५५ बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनसमा लाग्ने कर तिर्न लगानीकर्ताले ०.७८९५ नगद पनि पाउनेछन् । कम्पनीले ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर र १८ लाख ३३ हजार ८५३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

यो लाभांश राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि वितरण प्रक्रिया अघि बढ्नेछ । हाल आशाको चुक्ता पुँजी २३ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय