कामै नगर्नेलाई बजेट दिइन्नँ :सिलवाल


‘नवौं राष्ट्रिय खेलकुद तयारीमा जुटिसक्यौं’


पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदको भौतिक पूर्वाधार तथा खेल संचालनमा स्थानीय निकायलाई आवश्यक रकम उपलब्ध गराउने बताएका छन् । उनले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा पूर्वाधार निर्माणमा राखेप लागिपरेको समेत बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेप सदस्य सिलवालले राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डसजायको दायरामा ल्याइने चेतावनी दिए ।

उनले गण्डकी प्रदेशमा आगामी वर्षको फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेको बताए । त्यसका लागि आवश्यक निरीक्षण गर्दै पूर्वाधारको लागि बजेट विनियोजन गर्दै जाने आश्वासन दिए । तर, कामै नगरी बजेट माग्ने प्रवृत्तिको भने अन्त्य गरिने स्पष्ट पारे । राष्ट्रिय खेलकुदमा गण्डकीका ११ जिल्लामध्ये १० मा कुनै न कुनै खेल हुने उनले बताए । खेलपूर्व मञ्चसँग मिलेर पत्रकारको लागि तालिम आयोजना गरिने आश्वासन दिए ।
गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) को हिसाब–किताब ३ महिनाभित्र गरिसक्ने बताए ।

अब हुने ओलम्पिक खेलका लागि स्वीमिङ र सुटिङ गरी ३ जना खेलाडी प्रशिक्षणमा रहेको बताए । २०२४ को लक्ष्य राख्दै तेक्वान्दोमा समेत सहभागिता जनाउन २० जनाको प्रशिक्षण भइरहेको जानकारी दिए । देशभर खेलकुद गतिविधि जारी रहेको भन्दै उनले यसबाट खेल, खेलाडीको विकास सहित आर्थिक गतिविधि चलायमान हुने बताए ।

निर्माणाधीन पोखरा रंगशाला आगामी चैतभित्र सम्पूर्ण निर्माण प्रक्रिया पूरा हुने बताए । उनले भने, अहिले कन्स्ट्रक्सन फेजमै छौं । आगामी चैतसम्म निर्माण पूरा हुनेछ ।
त्यस्तै, आगामी फागुन २२ देखि हुने १८ औं संस्करणको आहारारा गोल्डकप समेत पोखरा रंगशालामै हुने जानकारी दिए ।
यसअघि, उनले स्टेडियम निर्माण कम्पनी एमए कन्सट्रक्सन प्रालि र क्षेत्रीय खेलकुद विकास समिति पदाधिकारीसँग भेट गरी कार्यप्रगति’bout जानकारी लिएका थिए ।
निर्माण कम्पनीका प्राविधिकका अनुसार आहा रारा सुरुवात हुँदासम्म १३ हजार ७ सय सिट बस्नलायक हुने इञ्जिनियर पुरोषोत्तम बरालले जानकारी दिए । १२ वटा शौचालय प्रयोग गर्न सकिने भए पनि चेञ्जिङरुम निर्मार्णाधीन रहेको बरालले बताए ।

पोखरा फुटबल स्टेडियमको कुल क्षमता १६ हजार ५ सय भएपनि त्यसलाई बढाएर २० हजार दर्शक क्षमताको बनाउने लक्ष्य रहेको सदस्य सचिव सिलवालले बताए । पूर्वाधार निर्माणपछि संरक्षण आवश्यक रहेको भन्दै पोखरा रंगशाला प्रवेशमा कम्तिमा केही न केही शुल्क तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।
खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव विजय नेपालले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (सम्झाैतापत्र सहित)