चकलेट दिएर बालिका बलात्कार

सांकेतिक तस्बिर ।

उदयपुर । चार वर्षिय बालिका बलात्कार अभियोगमा त्रियुगा नगरपालिका– ११ गाईघाटका १९ वर्षिय मनोज ठाकुर पक्राउ परेका छन् । उनले छिमेकी बालिकालाई चक्लेट दिएर फकाई आफनौ कोठामा लगेर बिहिवार राती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भीमबहादुर दाहालले बताए ।

ठाकुर र बालिकाको घर आमन्ने सामने रहेको अबस्थामा साँझमा बालिका आफनौ घर अगाडी खेलि रहेकी थिइन् ठाकुरले चक्लेट दिएर कोठा भित्र लति बलात्कार गरेको प्रहरीको भनाई छ । जिल्ला अस्पताल गाईघाटमा गरिएको स्वास्थ्य परिक्षणमा बालिकाको यौनी क्षतबिक्षत रहेको चिकित्सकले जानकारी दिएका छन् ।

ठाकुरलाई प्रहरीले तत्काल पक्राउ गरि जबरजस्ती करणी सम्बन्धि मुद्धामा म्याद थप गरेर आवश्यक अनुसन्धान थालेको छ । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद – १८ को जबरजस्ती करणीको दफा २१९ को (३) (क) को माग दाबी गरि म्याद थप गरिएको छ । सोही अनुरुप सजाय पाएमा ठाकुरलाई १६ वर्ष देखि २० वर्ष सम्म सजाय हुने ब्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 992 times, 1 visits today)

epaper

ताजा समाचार

बुद्धमलमा हेलो सर्भिस नेपालको नयाँ शाखा सञ्चालन