इलामका ८९ सुकुम्बासीमध्ये १९ घरपरिवारले पाए लालपुर्जा

इलाम । इलामको रोङ गाउँपालिका छ पाटापुरका ६७ वर्षीय लालसिंह राईले सोचेका पनि थिएनन आफूले प्रयोग गरेको जग्गाको लालपुर्जा पाउँछु भनेर । ५७ वर्ष अघि देखि भोगचलन गरे पनि लालपुर्जा नहुँदा कयौ समस्या भोग्नु परेको उनी बताउँछन । लालसिंह लाई ५७ वर्षसम्म भोगचलन गरेको जग्गाको बा, बाजेले नै नपाएको पुर्जा पाइन्छ भन्ने आस पनि थिएन । आफैले भोगचलने गरेको जमिन आफ्नो नाममा नहुँदा सँधै आँशु बगेरै दशक बित्यो । तर ५७ वर्ष पछि लालपुर्जा पाउँदा पनि उनको आँखामा आशु थामिएनन् । जिन्दगी भरको सपना पुरा भएको भन्दै गहभरी आशु झार्दै अब भूमिहिन भएर बस्नु परेन, छोरा नातीसम्मलाई ढुक्क भएकोभन्दै खुसी छन् ।

रोङ छ कै ७० वर्षीय इन्द्रमाया रानामगरलाई पनि बाँचुन्जेल सुकुम्बासी जीवन बित्नेमा चिन्तित थिइन् । उनी भन्छिन्, ‘यत्रो वर्षसम्म नपाएको लाल पुर्जा अब पाउँछु भन्ने आशै थिएन ।’ तर उनको चिन्ता त अब अन्त्य भएसँगै हर्सका आँशु पनि रोकिएनन । अब त मर्दा पनि सुखले सास जाने र सोर्गपुगिने भैयो भन्दै ७० वर्षमा २० रोपनीको जग्गाको धनी बन्दा उनी खुसी छिन् ।

यस्तै सोहि ठाउँका भक्तबहादुर राईले मर्ने बेलामा भए पनि लाजपुर्जा पाउदा परिवारमा खुसीयाली छाएको भन्दै बैकिङ कारोबार गर्ने समेत बाटो खुलेको बताए । उनीहरुत प्रतिनिधि पात्र मात्र हुन् । रोङ गाउँपालिका वडा नम्बर ६ पाटापुरका ८९ सुकुम्बासी परिवारमध्ये १९ घरपरिवारलाई लालपुर्जा वितरण गर्दा हर्सका आँशुसहित खुसी बनेका थिए ।

वि सं २०२० सालबाट उक्त क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी परिवार जग्गा बिहिन अवस्थामा रहेका थिए । वि सं २०५२ सालमा तत्कालिन सरकारले सुकुम्बासी आयोग गठन गरेपनि आवश्यक प्रकृया पुरा नपुगे पछि उनीहरुले लालपुर्जा पाएका थिएनन् ।

स्थानिय तहको निर्वाचन भएर सरकार गठन भएपछि गाउँपालिकाले उनीहरुलाई लाजपुर्जा दिलाउन व्यवस्थित बसोबास समिती गठन गरेर प्रकृया अगाडी बढाएको थियो । गाउँपालिका अध्यक्ष सम्शेर राईले जिल्ला मालपोत कार्यालय संगको समन्वयमा पाटापुर बासीलाई लाजपुर्जा बितरण गरिएको बताए । अध्यक्ष राईले गाउँपालिका भित्र रहेका थप तीन सय ६२ परिवार सुकुम्बासी परिवारलाई समेत लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बडाईरहेको बताएका छन । उनले भने, ‘पाटापुर बासीले नजिकको सरकारको अनुभुती गरेका छन् , अन्यलाई पनि चाडै त्यो अनुभुती दिलाउने छौ ।’

रोङ गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मनिकुमार स्याङ्बोले स्थानीय सरकारको तर्फबाट समस्याको अध्ययन र सहजीकरण गर्दै अध्यावधिक गरि जिल्ला मालपोत कार्यालय इलामबाट नया लालपुर्जा प्राप्त भएको जानकारी दिए । उनले पाटापुरका ८७ मध्ये १९ परिवारले पाएको र अन्यलाई पनि आइतबारबाट वितरण गर्ने बताए । जिल्ला मालपोत कार्यालय इलामका अनुसार साकफारा, चुलाचुली र रोङ गाउँपालिकाका सुकुम्बासीको सुकुम्बासी आयोगले यस अघि नै अध्यावधिक गरेको थियो । मालपोत कार्यालयका सूचना अधिकारी जसबहादुर राईले साकफाराका सुकुम्बासीलाई समेत देउमाई नगरपालिकाको मंगल’bout मालपोत कार्यालयबाट लालपुर्जा बिवरण गरिने जानकारी दिए । माई नगरपालिकामा पनि सुकुम्बासी रहे पनि त्याँको लालपुर्जा बितराण भने टुंगो लागेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ