उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा खड्का

इलाम । नेपाल बार एशोसिएशन उच्च अदालत बार एशोसियशन इलामको अध्यक्षमा बीरबहादुर खड्का चयन भएका छन् । शुक्रबार सम्पन्न बार एशोसिएशनको तेह्रौँ साधारणसभाले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

समितिको उपाध्यक्षमा तारानिधि घिमिरे, सचिवमा जीवन कोइराला, कोषाध्यक्षमा मणिराम निरौला चयन भएका छन् । समितिको सदस्यहरुमा जसबहादुर लुङ्गेली, खगराज कट्टेल, सुधिर बोहोरा, उत्तम पौडेल, हरि सुवेदी र विद्या सापकोटा चयन भएका छन् । साधारणसभाले किरण सुनुवार, याम लिम्बु र भीम प्रसाद रिजाललाई पार्सद चयन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

epaper

ताजा समाचार

‘मौकाको बोली’को गलत व्याख्या गर्दै भूतलक्ष्यी कानुन बनाउन सिफारिस