हिगुआइनले युभेन्ट्स छाड्ने

टुरिन । इटालियन क्लब युभेन्ट्सका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले क्लब छाड्ने पक्का भएको छ । युभेन्ट्सले अर्जेन्टिनाका फरवार्ड हिगुआइनले क्लब छाड्ने पक्का गरेको छ ।

सामाजिक सञ्जालबाट युभेन्ट्सले हिगुआइनलाई नयाँ यात्राका लागि शुभकामना समेत दिएको छ । हिगुआइनले अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीसँग सम्झौता गर्ने बताइएको छ । मियामीसँगको सम्झौताका लागि हिगुइन अमेरिकाको फ्लोरिडा पुगिसकेका छन् ।

३२ वर्षीय हिगुइनले चार सिजन युभेन्ट्समा बिताएर मियामी जान लागेका हुन् । सन् २०१६ मा नापोलीबाट युभेन्ट्स आएका उनले १ सय ४९ खेलमा ६६ गोल गरेका छन् । स्पेनिसक रियल मड्रिडका पूर्वखेलाडीसमेत रहेका हिगुआइनले युभेन्ट्सबाट ३ सिजन सिरी ए र दुईपटक कोपा इटालिया जितेका छन् ।

इंग्ल्यान्डका पूर्वस्टार डेभिड बेह्यामको क्लब मियामीले यसअघि युभेन्ट्सकै मिडफिल्डर ब्लेस माटुइडीलाई अनुबन्ध गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

आत्मदाह प्रयास गरेका युवकको बाटोमै मृत्यु