Monday, October 19, 2020
Home प्रमुख जनअपेक्षा छिट्टै पूरा हुनेछन् : अध्यक्ष प्रचण्ड

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् ।

संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए । ‘राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले यो बीचमा केही ऐतिहासक काम भएका छन् । सीमानाका समस्या समाधान गर्ने तथा हाम्रो भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने सङ्कल्प नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले संकल्प गरेको स्थिति छ’, अध्यक्ष दाहालले भनेका छन्, ‘भोलिका निम्ति सुखद् संकेत यसभित्र छ ।’

उनले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्धत गर्ने उनको विश्वास छ । ‘देशलाई आर्थिक समृद्धि र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य बनाउनका निम्ति नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीविलगायत संकल्प गर्ने दिनका रुपमा रहने छ’, उनले भने, ‘आउनुहोस् हामी सबै एक हौँ । सबै एक भएर राष्ट्रको एकता र समृद्धिको आकांक्षा पूर्ति गर्नका निम्ति अगाडि बर्ढौँ ।’

संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित होस्, या स्थानीय तह, प्रादेशिक तह वा सङ्घीय संरचनासँग समबन्धित अनगिन्त ऐन कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्टिय सम्बन्धलाई सहज बनाउने, खासगरी छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताए ।

‘पूर्वाधार विकास र निर्माणमा पनि हामी अगाडि बढेका छौँ तर नेपाली जनताले हामीलाई अपार विश्वास गरेर मतदान गर्ने बेलामा जसरी अपेक्षा गरेका थिए । निकै तीव्र गतिमा आर्थिक विकास हुनेछ । निकै तीव्र गतिमा सामाजिक न्याय कायम हुनेछ र समृद्धिको एउटा नयाँ दौडमा अब नेपाल तीव्र बेगमा अगाडि बढ्नेछ भन्ने अपेक्षा अझै पूरा भएको छैन भन्ने जनगुनासो हामीले सुनेका छौँ’, उनले सन्देशमा भनेका छन्, ‘यसबीचमा धेरै उतारचढाव पनि भए, एकतातिर स्वयम् सरकारको नेतृत्व गर्ने पार्टीभित्र विचार र बहसका कुरा, अर्कातिर देश र दुनियाँमा कोभिड–१९ को महामारीका कारण अप्ठ्यारो र जटिल परिस्थिति पैदा भयो । फेरि पनि हामीले आफ्नो पार्टीभित्रको एकतालाई पनि नयाँ शिराबाट अगाडि बढाउँदै कोरोनाविरुद्धको अभियानलाई पनि अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धताका साथ अगाडि बढेका छौँ ।’

यो पनि पढ्नुहोस   सांसद प्रभु साहले गरे दशैंको भत्ता फिर्ता

संविधानसभाबाट संविधान निर्माण प्रक्रियालाई आफैँमा एउटा ऐतिहासिक महत्वको राजनीतिक परिघटनाका रुपमा लिँदै उनले नेपालमा २००७ सालमा संविधानसभाबाट संविधान बनाउने कुरा उठे पनि ऐतिहासिक जनयुद्ध, बाह्रबुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको संयोजनबाट नेपालमा संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताको चाहना पूरा हुने अवस्था बनेको बताए ।

‘यद्यपि त्यो पनि निकै जटिल र चुनौतीपूर्ण ढङ्गले अगाडि बढ्यो । पहिलो संविधानसभा सफल भएन र दोस्रो संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गाणतन्त्रात्मक संविधान निर्माण भयो’, अध्यक्ष दाहाले स्मरण गर्दै भनेका छन्, ‘यो आफैँमा मौलिक, गम्भीर र दूरगामी महत्वको परिघटना हो । आज हामी सङ्घीय लोकतन्त्रिक गणतन्त्रको संविधानमा लिपिबद्ध भएको विचार भावना र मान्यतालाई व्यहारमा उतार्ने प्रक्रियामा छौँ । यो ठूलो राजनीतिक परिवर्तनेको युगान्तकारि परिवर्तन हो किनकी राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट सङ्घीयतामा, समावेशीता र समानुपातिकतामा र त्यसपछि धर्म सापेक्षताबाट धर्म निरपेक्षतामा जाने कुरा एउटा युगान्तकारी राजनीतिक परिवर्तनको द्योतक हो ।’

नेपालको बृहत एकता, यसको राष्ट्रिय स्वाधितनता, आत्मसम्मानको वृद्धि र नेपाली जनताको समृद्धिको आकांक्षा संविधानको अपेक्षाका रुपमा रहेको उल्लेख गर्दै उनले इतिहासको मूल्याङ्कनको दृष्टिले पाँच वर्षलाई लामो समयका रुपमा लिन नहुने बताए । ‘यो लामो समय होइन तर फेरि पनि यसले के संकेत गर्छ भन्ने महत्वपूर्ण छ । यो पाँच वर्षमा संविधान घोषणा भयो । संविधान घोषणा भए पछि पनि निर्वाचत हुने हो की होइन भन्ने प्रश्न थियो’, उनले भने, ‘किनकी संविधान घोषणापछि मुख्यतः तराई मधेसमा असन्तुष्टिको स्थिति थियो । त्यसलाई पनि सामेल गरेर निर्वाचन तिर जाने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चुनौती हाम्रो अगाडि थियो । हामीले त्यसलाई पार ग¥यौँ, मलाई खुसी र गर्व पनि छ ।’

संविधासभाको निर्वाचनमा देशमा लैजानका निम्ति आफ्नै नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसपछि सात राजनीतिक दल र नेकपा माओवादीले गरेको बाह्रबुँदे समझदारी र ऐतिहासक जनआन्दोलन हुँदै देश अन्तत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुने ठाउँमा आइपुगेको स्मरण गर्दै उनले भने, ‘यो कम गौरवको कुरा होइन्, आम नेपाली र त्यसका लागि अनवरत सङ्घर्ष गर्ने र त्यसको नेतृत्व गर्ने पात्रको हैसियतले मलाई गर्वको अनुभूति हुन्छ ।’

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘प्रधानमन्त्रीले आफ्नो उपचार सरकारी खर्चमा गर्ने, जनताको गर्दिन भन्ने ?’

काठमाडौं । कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टीले भर्तसना गरेको छ । हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा...

कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान

राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी...

सचिव सरुवामा संशोधन

काठमाडांै । सरकारले गत बिहीबार गरेको सचिव सरुवामा केही संशोधन गर्दै अन्तिम रूप दिएको छ । बिहीबार गरिएको सरुवालाई आइतबार मात्रै संशोधनसहित कार्यान्वयनमा ल्याइएको...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

सांसद प्रभु साहले गरे दशैंको भत्ता फिर्ता

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापत पाएको रकम फिर्ता गरेका छन् । नेकपा प्रदेश २ का...

साताका लोकप्रिय समाचार

सरकार र राखेपसँग खेलाडीको गुनासो

काठमाडौं । विश्वव्यापी बनेको कोरोना महामारी संक्रमणका कारण नेपाली खेलकुद क्षेत्र अझै सुचारु हुने अवस्था बनेको छैन । चैतयता कुनै पनि प्रतियोगिता भएको छैन...

बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिको केन्द्रका बिषयमा बिवाद हुदाँ स्थानियबासिले सोमबार साँझदेखि तालाबन्दी गरेका हुन् । गाउँपालिकाको अस्थाई केन्द्र...

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको...

आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको महिलाले गरिन् हत्या

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका...

ट्रेन्डिङ

पत्रकार चौलागाईको पहलमा बिपन्न परिवारहरुको घरमा छाना निमार्ण

रौतहट । बिगत ३ बर्ष देखी खुल्ला आकाश मुनी बस्दै आएका चन्द्रपुर नगरपालिका वाड नंं ९ मुसहर टोलका दलित बस्तीले केही दिन अघिबाट मुक्त...

भारतको आनीबानी

नेपालमा १ सय ४ वर्ष राणाको एकछत्र शासन चल्यो । राजा महेन्द्रको पञ्चायती व्यवस्थाले ३० वर्ष कटायो । राणाकालमा राणाको हैकम र पञ्चायत कालमा...

व्यक्तिगत ३ करोड लगानीको निजी अस्पतालमा कोरोना बिरामी

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा करिब ३ करोड लगानीमा निर्माण गरिएको अपि अस्पतालमा कोरोना संक्रमित व्यक्तिहरु राखिएको छ । उद्योग वाणिज्य संघ डडेल्धुराका पुर्व...

उदयपुरका सबै स्थानीय तहमा गैंडा सिमेन्ट प्रयोग गरिने

उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) को उत्पादन गैंडा सिमेन्टको बजार निजी सिमेन्ट कम्पनीको अस्वस्थ प्रतिस्पर्धाले बजार खुम्चँदै गएको महसुश गर्दै...

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सार्वजनिक सवारी...

उडिनेसीसँग युभेन्टस स्तब्ध

रोम । इटालियन सिरी ‘ए’को उपाधिनजिक रहेको युभेन्टस उडिनेसीसँग स्तब्ध बनेको छ । बिहीबार राति भएको खेलमा युभेन्टस घरेलु टोली उडिनेसीसँग २–१ ले स्तब्ध...

युरोपा लिग : सेमिफाइनल समीकरण पूरा

लन्डन । युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा इग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिस क्लब सेभियाको सामना गर्दा इटालिन क्लब इन्टर...

इलाम देशको नमुना हो : झलनाथ खनाल

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलाम देशको नमुना रहेको बताएका छन् । ‘विश्व इलामेली भर्चुअल सम्मेलन–२०२०’...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

धेरै पढिएका

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

किशोरीलाई दुर्व्यवहार गर्नेले धम्कि दिएपछि कार्वाहीको माग गर्दै धर्ना

 
यो पनि पढ्नुहोस   काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने
सप्तरी, राजबिराज । आफनो सुमदायकी एक किशोरी माथि एक समुहले हातपात तथा दुव्यर्वहार गरेको भन्दै दोषीलाई कार्यवाही माग्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना...

आईपीएल: नाटकीय खेलमा कोलकता र पञ्जाव विजयी

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न दुई खेलमा कोलकता र पञ्जावले नाटकीय जीत निकालेका छन् । कोलकताले सनराइजर हैदरावादविरुद्ध र पञ्जावले...

संघीय संविधान र शासकीय संस्कारको द्धन्द

संविधान राज्यको मुल कानून हो । राज्य शक्तिको बाँडफाँड गर्ने दस्तावेज हो । यो राज्य संचालनकर्ताको लागि मागदर्शन कानून हो । यो शासक र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)