जनकपुरलाई मदिरामुक्त शहर घोषणा गरिन्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । जनकपुरधामलाई मदिरामुक्त बनाउने माग उठिरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि त्यसको पक्षमा देखिएका छन् ।

महाशिवरात्रीको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरधामले आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै खुला मदिरा मुक्त शहर घोषणा गर्ने प्रदेश सरकारको तयारी रहेको बताएका हुन् । पर्यटनलाई बढावाका लागि पनि यो आवश्यक रहेको उनको कथन रहेको छ ।

उनले प्रहरी हस्तारण भए लगतै खुल्ला मदिरामुक्त अभियान जनकपुरधामबाट शुरु गरी क्रमशः प्रदेश भरि लागु गर्दै जाने बताए ।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शान्ति विना विकास सम्भव नरहेकाले हरेक व्यक्तिलाई आफनै मनबाट शान्तिको शुरुवात गर्नुपर्ने बताए । भगवान शिवको व्यक्तित्वको चर्चा गर्दै उनले भन्नुभयो शिव हरेक व्यक्तिका आदर्श रहेका छन् ।

सेवा केन्द्रका संचालिका सृजना देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साहसहितका वक्ताहरुले सम्बोधन गरेका थिए । इस अवसरमा राजयोग सेवा केन्द्र जनकपुरधामले नगरमा शान्ति यात्रा समेत निकालेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य