मुम्बई । भारतीय अभिनेता कमल हासनको फिल्म ‘इन्डिया–२’ को सुटिङमा बुधबार साँझ दुर्घटना भयो । सुटिङको क्रेन ढल्दा छायांकन स्थलमै तीन जनाको मृत्य भयो । १० जना घाइते भए ।
दुर्घटनामा सहनिर्देशक मधु, कृष्णा र सुटिङ सहयोगी चन्द्रनको मृत्य भएको निर्माण पक्षले जनाएको छ । क्रेट पल्टँदा सेटमा रहेका कमल हासनले आफू रत्तिभरले बाँचेको बताए । उनको छेउमै क्रेन खसेको थियो । उनका अनुसार घाइतेको उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)