टिकटकबाट कलाकार छान्दै प्रियंका

काठमाडौं । मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ । नेपाली चलचित्र वृत्तमा नयाँ र प्रातिभावान् कलाकार भित्रयाउन मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

यो प्रतियोगिताको लागि निर्णयकमा अभिनेत्री प्रियंका कार्की, हास्य अभिनेता किरण केसी र नृत्य निर्देशक कविराज गहतराजलाई चयन गरिएको छ ।

प्रतियोगीहरूले अभिनय गरेको भिडियो टिकटकमा लोड गरेर त्यो भिडियो प्रतियोगितामा पठाउनुपर्ने आयोजकले जनाएको छ । आगामी २९ सेप्टेम्बरसम्म प्रतियोगीहरूले सहभागिता जनाइसक्नुपर्ने पनि आयोजक द जीएमआईले जनाएको छ । प्रतियोगितामा सहभागी हुन १ सय रुपैयाँ शुल्क राखिएको छ ।

यो प्रतियोगितामा उत्कृष्ट हुनेले एउटा चलचित्र, दुईवटा म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछ । यस्तै, १ लाख ५० हजार रुपैयाँ पनि प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

यो प्रतियोगितामा दोस्रो हुनेले एउटा वेभ सिरिज, एउटा म्युजिक भिडियोमा अभिनयको अवसर र १ लाख रुपैयाँ पाउने बताइएको छ । तेस्रो हुनेले एउटा म्युजिक भिडियोमा अभिनय अवसर र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ